Comments Add Comment

कांग्रेसले राष्ट्रपति पाउन सक्छ, प्रचण्डको सरकार पाँच वर्ष चल्न सक्छः शाही

काठमाडौं, ४ माघ । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसले राष्ट्रपति पद पाउन सक्ने बताएका छन् ।
‘एउटा गठबन्धन टुटेर नयाँ गठबन्धन बनाउने सन्दर्भमा नेकपा एमालेसँग केही कुरा भएका हुन् । तर अहिले नयाँ परिस्थिति बनेको छ । अब सरकार पनि राष्ट्रिय सहमतिको बनाउने कुरा भएकाले राष्ट्रपति पनि शतप्रतिशत मत पाएर बन्न सक्छ । त्यसैले कांग्रेसले राष्ट्रपति नपाउने भन्ने छैन । यसमा राजनीतिक दलहरुबीच व्यापक छलफल हुन्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शाहीले भने ।
नेकपा एमालेले नमान्दा के गर्ने भन्ने प्रश्नमा उनले भने, ‘त्यतिबेला अर्को निर्णय लिउँला नि । अहिले राष्ट्रिय सहमतिको आवश्यकता छ । सबैलाई एक ठाउँमा ल्याउनका लागि भेटघाट र छलफल चलिरहेको छ ।’ नेतृत्व भनेको प्रचण्डजस्तै सरल र सहज हुनुुपर्ने उनले औंल्याए । साथै शाहीले पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा पाँच वर्ष सरकार चलाउनुपर्ने पनि बताए ।
नेता शाहीले दलीय भागबन्डाका कारण कर्णालीले सरकारमा उपस्थिति जनाउन नसकेको पनि बताए । उनले थपे, ‘चुनावभन्दा अगाडिको गठबन्धन रहेन । नयाँ गठबन्धन बनाइसकेपछि यस्तै प्रकृतिको सरकार बन्यो । सबै दलको प्राथमिकतामा कर्णाली परेन । माओवादीको भागमा चार वटा मन्त्रालय परेको थियो । क्लस्टरका आधारमा चौधरी, जनजाति, महिला र सिनियर नेता गएपछि कर्णाली प्रदेश परेन । अर्को कुरा- कर्णालीको मन्त्री वा नेता चाहिन्छ भन्ने होइन, मुख्य कुरा मन्त्री झापा वा चितवनको मन्त्री भए पनि कर्णालीको विकास हुनुपर्‍यो ।’रिपोर्टस नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै