Comments Add Comment

घनश्याम संगै यी चर्चित एमालेका ब्यक्तिहरु पनि प्रवेश गर्दैछन् नेकपा एस

काठमाडौं । नेकपा एमाले परित्याग गरेर मंसिर ४ को निर्वाचनमा स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्।

केही दिनभित्रै नेकपा एस प्रवेशको तयारी भुसालले गरेका हुन्। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले अहिल्यै टुंगो नलागेको बताए।

भुसालले नेकपा एसमा महासचिव मागेका छन् । तर, उनलाई शुरुमा सचिवालय सदस्य दिने नेकपा एसको तयारी छ।

भुसालले एमालेबाट आफूसँगै केही नेता कार्यकर्ता पनि लैजान पहल गरेका छन् ।

भुसालसँगै एमाले छाडेका योगेन्द्र शाही माओवादीबाट प्रदेश सभाको उम्मेदवार बनेर पराजित भएका थिए ।

एमालेमा घनश्यामलाई साथ दिएका धेरै नेताहरू उनी संगै हुनेछन् ।केही चर्चित अनुहार पनि नेकपा एसमा प्रवेश गर्ने र अहिले गोप्य राखिएको बताइएको छ।
टंक कार्की, उषाकिरण तिमल्सिना, अरविन्द सिंह, सुरेन्द्र मानन्धर, दीपक प्रकाश पाठक लगायतका नेतालाई भुसालको कदममा साथ दिने मानिए पनि कार्कीबाहेक अरूले एमाले नछाड्ने जानकारी गराएको बताइन्छ ।

भुसालनिकट केही युवा विद्यार्थी भने उनीसँगै नेकपा एसमा जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै