Comments Add Comment

पृथ्वीजयन्तीका दिन कीर्तिपुरको ढुङ्गोमा थुक्छौँ : आङकाजी शेर्पा

काठमाडौँ – पुस २७ गते पृथ्वी जनयन्तीका दिन आदिवासी जनजाति महासंघ लगायतका संघ संस्थाहरुले आन्दोलन गर्ने भएका छन् । सार्वजनिक विदा दिने सरकारको निर्णयविरुद्ध आन्दोलन गर्न लागेको जनजाती नेता आङकाजी शेर्पाले जानकारी दिए ।

सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस बनाउनेबारे सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै पृथ्वीनारायण शाह राष्ट्रिय एकताको प्रतीक हुन नसक्ने भन्दै बिरोध पर्दशन गर्न बताए । कीर्तिपुरमा रहेको ढुङ्गामा थुक्ने कार्यक्रमदेखि बिरोध र्याली र सभा गर्न लागेको उनले बताए । पुस २७ गते न्यूरोड गेटदेखि बिरोध र्याली सुरु गरेर हनुमानढोका दरबारमा विरोध सभा गर्न लागिएको बताए ।

सरकारले यो वर्ष पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै