Comments Add Comment

एमाले माओवादी गठबन्धनमा असमझदारी पछि प्रचण्ड देउवाकोमा पनि

काठमाडौँ – संघ र प्रदेशहरुमा सरकार गठनले पूर्णता नपाउँदै एमाले माओवादी गठटबन्धनमा असमझदारी देखा परेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा प्रदेशहरुमा शक्ति बाँडफाँटप्रति दुवै दलमा असन्तुष्टि देखिएको छ।

त्यस्तै संघमा दाहालले विश्वासको मत लिने अघिल्लो दिन एमाले अध्यक्ष केपी शर्मा ओली आफूले गरेको संसद विघटन ठीक थियोे भनेर संसदबाट उद्घोेष गरे।

तत्कालीन नेकपामा ओलीको संसद विघटन गर्ने कमदलाई प्रतिगमनको संज्ञा दिँदै दाहाल र माधव नेपाल खेमा सडक आन्दोलन उत्रिएको थियो। त्यहीँ कारण नेकपा विभटन हुँदै एमाले माओवादी पुरानै अवस्थामा फर्किने र एमाले विभाजन हुनेसम्मको परिस्थिति पैदा भएको थियोे।

दाहाल नेपालले प्रतिगनको आरोप लगाएको कदमलाई ओलीले विश्वासको मत दिने अघिल्लो दिन सम्झानाएर पुनः आफ्नो उक्त काम ठीक थियो भन्ने जिकिर गरेका छन्। ओलीको उक्त भनाइप्रति दाहाल मौन बसेका छन्। तर तत्कालीन अवस्थामा ओली गरेको संसद विघटनको विषय फेरि उब्जनुले दुई नेता र दलबीच असमझदारी बढ्ने खतरा बढेको छ।

संसद विघटन गर्ने आफ्नो कामको बचाउ गर्दै ओलीले सोमबार संसदमा भने, ‘एकपटक नेपालमा व्यापक हल्ला चलाइयो, प्रतिनिधिसभा विघटन गर्दा प्रतिगमन भयो भनेर। त्यसो हो भने बेलायमा कतिपटक प्रतिगमन भयो होला? प्रतिनिधिसभा विघटन प्रतिगमन होइन।’

सोमबार ओलीले प्रतिगमनको परिभाषा गर्दै चुुनावमा जाने आफ्नो निर्णय सही भएको उल्लेख गरे। ‘जनताको अधिकार खोसिनु प्रतिगमन हो। जनताबाट सार्वभौम सत्ता प्राप्त गर्नु प्रतिगमन होइन, ओलीले भने, ‘संसदबाट सरकार बन्नु, संसदबाट सरकार ढल्नु प्रतिगमन होइन, अन्यत्र लगेर षड्यन्त्रबाट सरकार ढालियो भने प्रतिगमन हुन्छ। अहिलेको गठबन्धन प्रतिगमनको पक्षमा छैन।’

उनले आफूले जस्तो संसद विघटन बेलायत, भारत अमेरिकामा कयौँपटक भएको बताए। ओलीले संसद विघटनको बचाउ गरिरहँदा दाहाल भने प्रतिक्रियाविहीन अवस्थामा सुनिमात्रै रहे।

कांग्रेस महामन्त्री गगन थापाले अघिल्लो संसदको उक्त घटनाले दाहाल ओलीबीच फेरि बिग्रह ल्याउन सक्ने दाबी गरे।

संसद भवनबाट बाहिरिँद गर्दा उनले भने, ‘प्रतिनिधिसभा विघटन जनताको पक्षमा थियो, त्यसलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन् भन्दै गर्दा प्रधानमन्त्री टेबल ठोकौं कि नठोकौं भनेर अलमलमा परेको देखियो। पहिलो बैठकमा उहाँहरुले गरेको सम्बोधनले के संकेत गर्छ भने जुन विषय अघिल्लो प्रतिनिधिसभामा उहाँहरुको बीचको विग्रहको कारक बन्यो, यो विषयको बीजारोपण आज भयो र यो नै फेरि पनि विग्रहको कारण बन्छ।’

त्यस्तै प्रदेशमा मुख्ममन्त्री बाँडफाँडप्रति दुवै दलमा असन्तुष्टि देखिएको छ। प्रदेश १ मा एमालेलाई पूरै कार्यकाल मुख्यमन्त्री छाडेको भन्दै माओवादीमा असन्तुष्टि छ भने कर्णालीमा माओवादीलाई पुरै कार्यकाल छाडेको भन्दै एमालेमा असन्तुष्टि देखिएको छ।यसैगरी संसद विघटन गलत भएको भनेर ओलिले लिखित प्रस्ताव नगरेपनी प्रचण्डलाई साथ दिदैगर्दा अब संसद विघटन नगर्ने भनी सहमति भएको थियो ।

असन्तुष्टि जनाउँदै प्रदेश १ मा माओवादी तत्काल हिक्मत कार्की नेतृत्वको सरकारमा नजाने भएको छ भने कर्णालीमा मुख्यमन्त्री नपाउँदा एमालेका यमलाल कँडेल फेरि पनि जिल्लिएका छन्। त्यहाँ एमाले दलभित्र केन्द्रमा भएको निर्णयप्रति अन्तुष्टि चुलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै