Comments Add Comment

बिदेशमा बन्धक बनाइएका नेपालीको उद्धार गर्न प्रचण्डले थाले पहल

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल लिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएका छन् ।

यससंगै अन्य देशमा बन्धक बनेका नेपालीहरुको पनि डाटा निकालेर तुरुन्त देशमा ल्याउन पहल भैरहेको प्रधानमन्त्री कार्यलयले बताएको छ।नेपालीहरु कामको लागि बिदेश जादा बन्धक बन्न परेकाहरुको संख्या धेरैनै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै