Comments Add Comment

रवि लामिछानेलाई व्यंग्य गर्दै अभिनेत्री सुरक्षाको कविता`पिर्का´

काठमाडौँ – अभिनेत्री सुरक्षा पन्त आजभोलि कविको संगतमा छिन् । हाल प्रसारण भइरहेको ‘पोयट आइडल’को चारजना मध्ये एउटा जज सुरक्षा पन्त पनि हुन् । त्यसैले आजभोलि उनी कविहरूको बाक्लो संगतमा छिन् । यसको असर उनी पनि कवि बनेकी छिन् । केही दिनअघि प्रसारण भएको शृंखलामा सुरक्षाले पनि कविता वाचन गरेकी थिइन् ।

तर आइतबार बिहान उनले यो परिचयलाई थप घनिभूत बनाउने उद्देश्यसहित एउटा कविता पोस्ट गरेकी छिन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सलामी लिँदै गरेको फोटो पोस्ट गर्दै उनले ठिक्कको लम्बाइको ‘पिर्का’ शीर्षकको कविता लेखेकी छिन् जहाँ उनले पिर्कालाई हिमालसँग तुलना गरेकी छिन् । घुमाउरो गरी पिर्कामाथि लेखिएको उनका कविताले रवि लामिछानेलाई गिज्याएको हरकोहीले अनुमान गर्न सक्छ ।

गृहमन्त्री भए लगत्तै घोषणामाथि घोषणा गरिरहेका रवि लामिछानेले पिर्कामाथि बसेर सलामी लिन नचाहेको भन्दै उनका भक्तहरूले सामाजिक सञ्जाल रंगाएको थिए । तर भक्तिगानका पोस्ट टाइमलाइनबाट नहराउँदै रवि लामिछानेले पिर्कामाथि बसेर सलामी लिइरहेको नयाँ फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफूले गरेको वाचामा दुई दिन पनि टिक्न नसकेको देखेपछि सम्भवतः सुरक्षा हैन सुरक्षाभित्रको कविलाई झोँक चलेको छ । त्यसैले उनले रविको पिर्कामाथि बसेको फोटोसँगै कविता लेखेर पोस्ट गरेकी छिन् । हेर्नुस् सुरक्षाको कविता :

“पिर्का”

के रहेछ पिर्काको कथा
जसले पनि बोलेको हुन्छ
के रहेछ हिमालमा
जो पनि चढेको देखिन्छ

पिर्का र हिमालमा केही त फरक हुन्छ
नत्र हिमाल चढेपछि
हिमालहरु,अरु,आँखा जुधाउँछन्
आफूतिर बोलाउँछन्
अनि गुनगुनाउँछन् आँटको गाथा
चिसो हावाले गाला चिमोट्छ यसरी
कति खेर! झरम जस्तो हुन्छ, तल्तिर
लाज लागेर नि !
केही त अलौकिक छ उचाइमा

पिर का!
ओर्लन जान्ने
ताल परे चढ्दिन जा!
भन्ने मान्छे
नभएर त पक्कै होइन?
यो त एउटा कालखण्ड, जसको घमण्ड!
कठै! बानी बन्दै हो
प्रभुत्व अगाडी कदै सानो छ त आफ्नो
हामी आफै भन्दो हो?

“इतिहासको अगाडी कसैको केही लाग्दैन”
चुनि चुनि बुनि बुनि पठाएका
आफ्नै मुटुका टुक्रा उभिँदा पनि
पिर्का फित्तिकै भाँचिदैन।

मानौं!
स्वदेशी रोजगारी
स्कुल देखि पदमा पुग्छे हाम्री पियारी!
यता चढे उता बढे भने
खेतहरु बाँझो नहुने तयारी
के भो त अनि?

पिर्काहरु अझै बन्नु पर्छ ।
जुन हेर्दा मैदान जस्तो होस्
या होस् सूर्यमुखी फूल सरी
संरचना यसको फेरिनै पर्छ।
कम्तिमा पनि अन्जुली जस्तो त होस्
जसमा मुलको पानी, थपि थपि पिउन मिल्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै