Comments Add Comment

देउवा ,गगन र बिश्वप्रकाश छलफल गर्दै,यस्तो पाक्दै छ खिचडी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

सभापति देउवाले धुम्बाराहीस्थित निवासमा पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत नेताहरूलाई छलफलका लागि बोलाएका छन् । बैठक केहीबेरमा सुरु हुनेछ ।

बैठकमा भोलि बस्ने संसदीय दलको बैठकका एजेन्डाबारे छलफल हुने देउवानिकट स्रोतले जनाएको छ । संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ ।

बैठकमा २८ पुसमा बस्ने केन्द्रीय समिति बैठकबारे पनि छलफल हुने बताइएको छ ।
उपेन्द्र यादब र राजेन्द्र लिङ्देनले दिएको सिम्बोल अनुसार गगन,बिश्वप्रकाश र देउवा बीच छलफल हुँदै छ।२६ गते प्रचण्डले बिश्वासको मत लिने भएपछि त्यसलाई असफल बनाउन देउवा कसरत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै