Comments Add Comment

नागरिकताको विवादसम्बन्धी मुद्दामा गृहमन्त्री रविको बहस सुरु

https://youtu.be/0HWfFDqATkkकाठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ।

रविले अमेरिकी नागरिकता (पासपोर्ट) नत्यागी नेपालमा राजनीतिक दल खोलेको, निर्वाचनमा भाग लिएको तथा विजयी भएकाले उनको सांसद पद खारेजीको माग गर्दै दायर भएको रिटमा शुक्रबार संवैधानिक इजलासमा बहस भइरहेको छ।

रिट निवेदकका तर्फबाटको बहस सकिएको छ। ‘खाजा ब्रेक’पछि अहिले रविका कानुन व्यवसायीले बहस थालेका छन्।

रविका तर्फबाट बहस गर्न सुनिल पोखरेल, सुशील पन्त लगायतका कानुन व्यवसायीले वकालतनामा पेस गरेका छन्।

यसअघि रिट निवेदकका तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले रविको सांसद र मन्त्री पद खारेज हुनुपर्ने जिकिर इजलासमा गरेका थिए।

रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता रमण कर्णले भिसा लगाएर नेपाल आउने व्यक्ति कसरी नेपाली हुन्छ? भन्दै प्रश्न गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै