Comments Add Comment

राष्ट्रिय माध्यमिक बिधालय को ६० औं वार्षिकोत्सब भव्यताको साथ सप्पन्न

भानु नगरपालिका वडा नम्बर ११ मयाखु तनहुँमा रहेको राष्ट्रिय माध्यमिक बिधालय को ६० औं वार्षिकोत्सब तथा २४ औं अभिभावक सम्मेलन भब्यताको साथ सम्पन्न भएकोछ। कार्यक्रमको प्रमुख अतिथिमा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी रहेका थिए। यसैगरी कार्यक्रमको बिशिस्ट अतिथिमा वडा नम्बर ११ का वडाध्यक्ष बिमलराज जोशी लगायत ब्याक्तित्व रहेका थिए। सभापतिमा राष्ट्रिय माध्यमिक बिधालयका ब्यबस्थापन समितिका अध्यक्ष भरत थापा रहेका थिए।


उक्त कार्यक्रममा बोल्दै भानु नपाका मेयर त्रिपाठीले शिक्षालाई केवल जनशक्ति उत्पादन र सर्टिफिकेट मात्र उत्पादनको रुपमा भन्दा जिविकापार्जन,ब्यबहारिक र ज्ञानमुलक बनाउनुपर्ने बताएका थिए।देशमा बढ्दै गइरहेको बेरोजगारलाई हल गर्ने गरि कार्यक्रम बनाउन आग्रह समेत गरेका थिए।

उनले भने,`संसारका बिश्वबिधालयसंग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति हाम्रो यही बिश्वबिधालय बाट उत्पादन भएका छन् तर आज नजिकैको बिधालयमा भन्दा टाढाको बोर्डिङमा बिश्वास बढेको छ।यो दुर्भाग्य छ।यहाँका शिक्षक अब्बल नै हुनुहुन्छ ।तसर्थ यो बिधालयलाई उत्कृष्ट बनाउन नगरपालिका बाट गर्नुपर्ने सबै सहयोग गर्न तत्पर छु। ´उनले थपे,`समय समयमा स्कुलमा अभिभावक आउनुस मेरो विद्यार्थी ,मेरा शिक्षक के गरिरहेका छन् कस्तो हुदैछ प्रश्न गर्नुस ।शिक्षक ,अभिभावक र विद्यार्थीको सम्बन्ध उत्कृष्ट बनाउनुस।´

मेयर त्रिपाठी कार्यक्रमको अन्तिम समयसम्म रहेका थिए।

यसैगरी वडाध्यक्ष बिमलराज जोशीले राष्ट्रिय माध्यमिक बिधालयको शिक्षा उत्कृष्ट भएको बताएका थिए ।यहि स्कुल बाट पढेर राज्यको धेरै माथिल्लो तह सम्म विद्यार्थी पुगेको बताएका थिए। बिधालयको विद्यार्थीको अनुशासन देखेर आफू लोभिएको समेत उनको भनाइ थियो।

उनले भने,`अब मेरो कार्यकालमा ५ बर्ष भित्र यहाँ बिधालयमा रहेका टिनको छानो सबै बिस्थापित भएर ढलान युक्त भवन बन्छन् ।भौतिक पुर्वाधार र नयाँ कार्यक्रम ल्याउन वडा सधै तयार छ।यसैगरी उनले थपे,`त्रिपक्षिय शिक्षक,विद्यार्थी र अभिभावकको समझदारीले नै शैक्षिक उन्नति हुन्छ।म त्रिभुवन मानेचौका क्याम्पसको ब्यवस्थापन समितिको अध्यक्ष समेत हो तर मेरो सम्पुर्ण ध्यान भने राष्ट्रिय माविमा नै केन्द्रित हुनेछ।´

यसैगरी बिधालय ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले गाउँकै बिधालयलाई उत्कृष्ट बनाउन सबै लाग्नुको विकल्प नभएको बताएका थिए।उनले भने,`यस नगरपालिकाको मेयर,वडाध्यक्ष लगायत यो स्कुललाई माया गर्ने सबै उपस्थिति छौँ ।आजनै हामी सबैले उत्कृष्ट बिधालय बनाउने प्रण गरौं ।”

यसैगरी राष्ट्रिय माविका प्रधानध्यापक देबेन्द्र थापाले सबैको साथ र सहयोग बाट नै बिधालय यो स्थितिमा आएको र अझै उन्नत बनाउन अभिभावक,विद्यार्थी र सबै शिक्षक लाग्नुपर्ने बताएका थिए।उनले भने,`हामी नमुना बिधालय बनाउन लागिपरेका छौँ ।बिस्तारै बिद्यार्थीलाई प्रबिधिसंग जोडिरहेका छौँ ।हाम्रो शैक्षिक वातावरण,भौतिक पुर्वधार,शिक्षकको खुवीमा कुनै कमि छैन ।हाम्रो बिधालय उत्कृष्ट छ। ,´

कार्यक्रममा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रम संचालकमा भने राष्ट्रिय माविका सहायक प्रधानध्यापक भक्तबहादुर सिलवाल रहेका थिए।कार्यक्रममा विद्यार्थीहरुले आफ्नो नृत्य समेत प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै