Comments Add Comment

आरजु राणाको दैनिकी : गगन थापालाइ गाली गर्दै दिन बिताउँछिन्

आरजु राणा भन्ने बित्तिकै नेपाली समाजले नाक खुम्च्याउने नाम भएकाे छ । गत चुनावमा काँग्रेसलाइ आरजु राणाका नाममात्रले पनि ठूलाे घाटा परेकाे थियाे । देउवाकी श्रीमतीका नाममा उनले गरेका वा गर्ने नानाथरी कृत्य सामाजिक सञ्जाल तथा समाचारहरूमा प्रकाशित भएपछि आरजुप्रति पुरूषभन्दा पनि महिलाहरू बढि बेखुशी देखिन्थे । देउवाकी श्रीमतीलाइ जिताउन किन काँग्रेसलाइ भाेट हाल्ने ? भन्ने प्रश्न मतदाता आएकै कारण पनि काँग्रेस कमजाेर देखिएकाे हाे भन्ने कुरामा अब दुइमत नहुन सक्छ ।

यसैबीच बुढानिलकण्ठस्थित देउवानिवासका घरहरु पुराना भएकाले त्यसलाइ मर्मत संभार हुने क्रम जारी हुँदा देउवा बालुवाटारबाट धुम्बराहीमा डेरा सरेका छन् । चाैतर्फि गाली र दवाबकाबीच देउवा यतिखेर पुष २२ गते हुने समिक्षा बैठकमा कसरी प्रस्तुत हुने बारे छलफलमा छन् ।

देउवालाइ सत्ताच्युत बनाउन धारिलाे भूमिका खेलेकी आरजु देउवाभने यतिखेर गगन थापाकाे बिराेधमा घाम तापेर कुरा काट्दै बसेकी छिन् । जनआस्था लेख्छ, ११ गते सोमबार दिउँसो अढाई बजेतिर आफ्ना पतिसँग बिदा माग्न आएका उनकै क्याबिनेटका २ जना महिला मन्त्रीसामु देउवापत्नी आरजू राणा यसरी प्रकट भइन् । भूमिसुधार र ऊर्जामन्त्री शशी श्रेष्ठ र पम्फा भुषालका सामु उहाँ भन्दै थिइन् – ‘गगनको हड्डीदेखि हाँसो खुलेको छ, सामाजिक सञ्जालमार्फत अनेकथरी लेखेर बहादुरी देखाउँदै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै