Comments Add Comment

बालुवाटारमा महतले उपसभापति माथि हातपात गरेका हुन् ?

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफूलाई पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले हातपात गर्न खोजेको भन्ने समाचारमा कुनै सत्यता नभएको प्रष्टीकरण दिएका छन्।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बालुवाटारमा पार्टी प्रवक्ता महतले खड्कालाई झम्टेको र हातपात गर्न कोशिस गरेको भनी आएको विवरणको खण्डन गर्दै खड्काले गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यो झुठो भएको बताएका हुन्।

शनिबार उनले ट्वीटरमार्फत आफूहरुबीच विषयवस्तु र मुद्दामा फरक तरिकाले बहस मात्रै भएको बताएका छन्।

उपसभापति खड्काले ट्वीटरमा लेखेका छन्,‘बालुवाटारमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मलाई झम्टेको, हातपात गर्न कोशिस गरेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केही दिनदेखि सम्प्रेषण भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यो कुरा सत्य होइन। केही मुद्दामा फरक तरिकाको बहस हामी साथीहरूका बीच भएको मात्र हो।’

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सरकारी निवास बालुवाटारमा पार्टी प्रवक्ता र आफ्नो विषयमा सामाजिक सञ्जालमा आएका विषय सत्य नभएको पनि उनले उल्लेख गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै