Comments Add Comment

माओवादी,एकीकृत समाजवादी,नेसपा र जसपा बीच पार्टी एकताको तयारी

काठमाडौं ।नेपाली राजनीतिमा केही दिन यता फरकफरक परिदृश्यहरु देखिरहेका छन् ।माओवादी केन्द्रले काङ्ग्रेसको गठबंधन छोडेर एमालेसंग मिलेर सरकार बनाएपछि बाम एकताको तयारी भित्री रुपमा तिव्र पारिएको छ।नेकपा एमालेसंगको एकता भन्दा पनि अन्य सबै कम्युनिस्ट दलहरुको एकता गर्नुपर्नेमा माओवादी ,एकीकृत समाजवादी , नेसपा र जसपा सहमत छन् ।

यस बिषयमा जसपाका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपाल बीच विभिन्न चरणमा छलफल समेत भैसकेको छ।चुनाव अघिनै एकताको तयारीमा जुटिसकेका थिए तर जसपाले एमालेसंग तालमेल गरेपछि भने केही समयका लागि एकताको कुरा रोकिएको थियो।फेरि चुनाव लगत्तै पनि उपेन्द्र र माधव बीच तीन पटक यसैबीच छलफल भएको छ।

यस विषयमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच विभिन्न चरणमा छलफल पनि भएको छ ।

नेकपा माओवादी केन्द्र पनि जसपा र एकीकृत समाजवादी संग एकता गर्न तयार भएको छ।माओवादी केन्द्र र एकीकृत समाजवादी भित्र एकतालाई लिएर अन्तरबिरोध छैन ।यता स्वतन्त्र उम्मेद्बारी दिएका घनश्याम भुसाल र पार्टी एकताको लागि पहल गरिरहेका बामदेब गौतम पनि लागिपरेका छन् ।तर जसपामा भने पार्टी एकतालाई लिएर केही अन्तरबिरोध देखिएको छ।

यसबीचमा प्रचण्ड ,बाबुराम ,माधव र उपेन्द्र बीच पाँच पटक सम्म छलफल भैसकेको छ।छलफल पश्चात एकता समिति नै बनेर काम भैरहेको माओवादी निकट उच्च स्रोत बताउँछ ।केही दिनमा नै एकता टुंगोमा पुग्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै