Comments Add Comment

गोरु जुधाइ कार्यक्रममा प्रथम भयो प्रकाश पन्तको गजुवा गोरु!(भिडियो सहित)

सुन्दरबजार नगरपालिका वडा न ०६ खत्रीठाटी चौरमा जनशक्ति युवा क्लब र लम्जुङ्ग फिजिकल ट्रेनिंङ्ग सेन्टरको समन्वयमा यहि पुष १५ गतेका दिन दाेर्साे खत्रिठाँटी गोरु जुधाई महोत्सव सम्पन्न भएको छ ।

गोरू जुधाइ कार्यक्रममा प्रथममा सु.न.पा -२ निवासी प्रकास पन्थको गजुवा गोरु भएको छ। द्वितीय हुन सफल सु.न.पा-२ निवासी श्री बिष्णु बहादुर बस्यालको गोरु रहेको छ। तृतिय हुन सफल सु.न.पा – ५ निवासी श्री गणेश गुरुङ काे गाेरू रहेको थियो। ।

प्रथम , द्वितीय र तृतीय लाई पुरस्कर क्रमश:पच्चीस हजार,पन्ध्र हजार र सात हजार रहेको थियो।

कार्यक्रममा १८ वटा गोरुहरु रहेका थिए। कार्यक्रमको प्रमुख अतिथिमा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला , प्रमुख अतिथिमा फिजिकल ट्रेनिंङ्ग सेन्टरका बिष्णु खड्का र कार्यक्रम संचालिकामा जनशक्ति युवा क्लबकी सचीव सबिना केसि र जनशक्ति युवा क्लबका अध्यक्ष चित्रबहादुर केसि र विभिन्न पार्टीका प्रतिनिधि लगायत ब्यक्तिको उपस्थिति थियो।

पुरस्कार जनशक्ति युवा क्लब ,सुन्दरबजार नगरपालिका र केही ब्यक्तिहरुको स्पोन्सरमा दिइएको थियो।कार्यक्रममा प्रमुख अतिथि मेयर कृष्णप्रसाद कोइरालाले गोरु लोप हुँदै गएको अबस्थामा किसानलाई प्रोत्साहन गर्नको लागि गोरु जुधाइ कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गर्दै नगरपालिका सधै किसानको साथमा रहने उद्द्घोष गरेका थिए।

यसैगरी सभापति बिष्णु खड्काले हाम्रो मौलिक परम्परा जोगाउनको लागि र किसानहरुलाइ प्रोत्साहन गर्नको लागि राखिएको कार्यक्रममा किसानहरुको उल्लेखनीय उपस्थिति देखेर खुशी लागेको बताएका थिए।

पूरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै