Comments Add Comment

आफ्नो सालोलाई समात्न गृहमन्त्रीलाई खेम भण्डारीको चुनौती

काठमाडौं, पुस १४। वरिष्ठ पत्रकार खेम भण्डारीले उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निर्मला पन्त ह!त्या काण्डमा मुछिएका दिलिपसिंह विष्टलाई अदालतसम्म लैजान नसक्ने टिप्पणी गरेका छन् ।

बुधबार भण्डारीले सामाजिक सञ्जालमार्फत पदको दुरुपयोग गरेर गृृहमन्त्री लामिछानेले विष्टलाई पक्राउ गर्नसक्ने बताए ।

‘रवि लामिछानेको औकात नै छैन मेरो साला पर्ने दिलिपसिंह बिष्टलाई अदालतसम्म पुर्‍याउने’, पत्रकार घण्डारीले भनेका छन् ।
‘पुलिस दुरुपयोग गरेर नियन्त्रणमा लिन सक्ला तर, विश्वको चासो भएको केसमा नेपाल प्रहरी कसरी बोका बन्ला?’, प्रश्न गर्दै उनले भनेका छन्, ‘म एक्लो मान्छे हुँ तर, सत्यको अडिग सिपाही हुँ ।’

‘रविलाई मेरो चेतावनी दिलिपलाई अदालतमा पेश गर्ने बुद्धि उमार ! चम्चाहरूलाइ पनि चेतना भया !’, पत्रकार भण्डारीले चेतावनी शैलीमा चुनौति दिएका छन् ।

गृहमन्त्री पदको पदभार ग्रहण गरेकै दिन लामिछानेले नि!र्मला पन्तका दोषीलाई पक्राउ गर्न र अनुसनधान अगाडि बढाउन निर्देशन दिने निर्णय गरेका थिए ।

दिलिपसिंह विष्ट निर्मला पन्तको बल!त्कारपछि ह!त्या भएको काण्डमा संकास्पद व्यक्ति हुन् । तर, विष्टविरुद्ध ठोस प्रमाण फेला नपरेको भन्दै कारबाही अगाडि बढाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै