Comments Add Comment

सुन्दरबजार वडा न.०६ खत्रीठाँटी चौरमा गोरु जुधाइ कार्यक्रम हुँदै

लमजुङ ।सुन्दरबजार नगरपालिका वडा न.०६ खत्रीठाँटी चौरमा अघिल्लो बर्षको झै गोरु जुधाइ कार्यक्रम हुने भएको छ।गोरु पाल्ने किसानहरु कम हुँदै गएको र किसानहरूलाई पनि प्रोत्साहित गर्ने तरिकाले उक्त कार्यक्रम आयोजना गरिएको फिजिकल ट्रेनिङ सेन्टरका संचालक बिष्णु खड्काले बताए।
सुन्दरबजार नगरपालिका वडा नम्बर ०६ मा रहेको जनशक्ति युवा क्लब र लम्जुङ्ग फिजिकल ट्रेनिंङ्ग सेन्टरको समन्वयमा यहि पुष १५ गते शुक्रबार गोरु जुधाई कार्यक्रम हुन गएको हो। इच्छुक जो कोहि ब्यक्तिले आफ्नो गोरु ल्याएर सहभागी हुन सक्नेछन् ।यसैगरी दर्ता शुल्क ५०० रुपैयाँ लाग्नेछ।किसानहरुले पुस १५ गते बिहान १०:०० बजे सम्म दर्ता गरिसक्नु पर्नेछ। साथै बिजेतालाइ २०,००० पुरस्कारको समेत ब्यबस्था रहेको छ।
मिति : पुष १५ गते शुक्रबार
समय : बिहान ११ बजे
स्थान : जनशक्ति युवा क्लबको खेलमैदान,सुुन्दर बजार नगरपालिका -६, खत्रीठाँटी लमजुङ सम्पर्कको लागि:९८६६०५४२५६,९८५६०७४१२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै