Comments Add Comment

राष्ट्रपति कार्यालयमा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठको ‘इन्ट्री’

काठमाडौं : नेपालको आगामी प्रधानमन्त्रीको लागि आफ्नो दाबी पेश गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति पुगे।

उनीसँग एमाले अध्यक्ष केपी शर्मा ओली पनि रहेका छन्। एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले माओ‌वादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो।

नेकपा एमालेसहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू छलफलमा सहभागी थिए।

तर, राष्ट्रपति कार्यालयमा नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ पनि पुगेका छन्। हालसम्म प्रचण्ड प्रधानमन्त्री बन्ने भएपछि एकिकृत समाजवादीको कुनै प्रतिक्रिया नआएको अवस्थामा श्रेष्ठ इन्ट्रीलाई चासोका रुपमा लिइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरूलाई दिएको समयसीमा आइतबार ५ बजे सम्मका लागि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै