Comments Add Comment

५ बजेसम्म प्रधानमन्त्री सिफारिस नभए यस्तो छ कानुनी ब्यबस्था

सरकार निर्माण जटिल अबस्थामा पुगिसकेको छ।गठबन्धन भित्र नै भागवण्डा नमिल्दो भएपछि अब सरकार कसरी बन्छ भन्ने बारे सबैमा आम चासोको बिषय छ।राष्ट्रपतिले दिएको समय सिमा आज ५ बजेबाट सक्किदै छ।

आज दिएको मिति सकिएपनि धारा ७६ (२) ले पुस २९ गतेसम्म काम गर्ने कानुनविद जनाउछन।जब संविधानको धारा ७६(३) मा निर्वाचनको अन्तिम नतिजा प्रकाशित भएको मितिले ३० दिनभित्र उपधारा (२) अनुसारको प्रधानमन्त्री नियुक्त हुन नसकेमा’ भन्ने शब्द छ ।

आज साँझ ५ बजेसम्म प्रधानमन्त्रीको नाम सिफारिश नभएमा राष्ट्रपतिले समय थप गर्ने या उपधारा ३ को प्रक्रियाका लागि आह्वान गर्ने विकल्प छ।समय थपका लागि भने दलहरूले राष्ट्रपतिसँग औपचारिक आग्रह गर्नुपर्छ ।

समय थप्न दलहरूले आग्रह गरेनन् भने राष्ट्रपतिले ७६ (२) अनुसार सरकार बन्न नसक्ने देखिएकाले नयाँ प्रक्रिया भनेर ७६ (३) अनुसारको प्रक्रियामा सरकार बनाउन आह्वान गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै