Comments Add Comment

सरकारको नेतृत्व गर्छु नभए प्रतिपक्षीमा बस्छौं :प्रचण्ड

काठमाडौँ — गठबन्धनबाट पहिलो चरणमा प्रधानमन्त्री दाबी गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्का दाबेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकार गठनबारे अन्तिम छलफल गर्न लागेको बताएका छन् ।

आइतबार बिहान १० बजे बालुवाटार जानू पहिले पार्टीका पदाधिकारीहरूसँगको छलफलमा दाहालले पहिलो चरणमा प्रधानमन्त्री दिने कि नदिने भन्ने विषयमा अन्तिम कुरा हुने बताएका थिए । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पदाधिकारी बैठकमा भएको कुराकानीबारे भने, ‘राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसलाई नै हुने अवस्था हुन्न । गठबन्धन भनेपछि पहिला प्रधानमन्त्री हामीले पाउनुपर्छ । याे विषयमा देउवासँग अन्तिम कुरा राख्ने भनेर जानुभएको छ ।’
पदाधिकारीले प्रधानमन्त्री पहिलो चरणमा माओवादी नहुने भए गठबन्धन गरिराख्नुको औचित्य नभएको सुझाव दिएको पनि पौडेलले जानकारी दिए । गठबन्धनलाई निरन्तरता दिने हो भने शीर्ष पदहरू बाँडफाँट गर्नुपर्ने माओवादीको धारणा छ ।

अहिले बालुवाटारमा देउवा, दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू छलफलमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ७६ (२) अनुसारको सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै