Comments Add Comment

माधव नेपाल र सिके राउत कोटेश्वरमा भेटवार्ता

नयाँ सरकार गठनका लागि दलहरुबीच विभिन्न पक्षीय छलफल चलिरहेका बेला जनमत पार्टीका अध्यक्ष सिके राउतले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेका छन् । गठबन्धन सरकारमा जान इच्छुक देखिएका राउत अध्यक्ष नेपाललाई भेट्न बिहान ९ बजे नेपाल निवास कोटेश्वर पुगेका थिए।

उहाँहरुबीच झण्डै एक घण्टा लामो कुराकानी भएको बताइएको छ ।

प्रतिनिधिसभामा जनमत पार्टीको ६ सिट छ । कुनै पनि दलको बहुमत नभएकाले सरकार गठनमा जनमत निर्णायक छ । पहिलो पटक संसदमा पुगेका राउत शक्तिशाली मन्त्रालय लिएर सरकारमा जाने तयारीमा रहेका राउत प्रमुख पार्टीका शीर्ष नेताहरुसंग लगातार भेटघाटमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै