Comments Add Comment

एमाले उपाध्यक्ष नेम्वाङले भेटे माओवादी अध्यक्ष प्रचण्ड

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्। प्रचण्डलाई भेट्न मंगलबार बिहान नेम्वाङ खुमलटार पुगेका थिए।

सत्ता गठबन्धनका दलहरुबीच राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख लगायत प्रमुख पदहरुको बागबण्डाका विषयमा सहमति जुट्न नसकिरहेका बेला एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डसँग भेट गरेका हुन्।

भेटका क्रममा २ नेताबीच सरकार गठनको विषयमा नै कुराकानी भएको बताइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि (प्रधानमन्त्रीमा दाबी गर्न) आह्वान गरेपछि दलहरु अहिले सरकार गठनका लागि छलफलमा छन्।

सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी गरेका छन्।

सत्ता गठबन्धनमा सरकार गठनको विषयमा कुनै निष्कर्ष ननिस्किरहेको अवस्थामा एमाले भने गठबन्धनको समीकरण फेर्ने रणनीतिमा छ। यसअघि केही दिन अगाडि माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए।

यस्तै, एमाले नेताहरु विष्णु पौडेल, रघुविर महासेठ, महेश बस्नेत लगायतले माओवादी अध्यक्ष प्रचण्डसँग भेटका थिए।

नेम्वाङले माओवादीलाई प्रधानमन्त्री दिएर एमालेलाई राष्ट्रपति दिने गरी नयाँ शक्ति बाँडफाँटमा जोड दिँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै