Comments Add Comment

लियोनेल मेस्सी : यति छ सम्पत्ति, यस्तो छ निजी जीवन

अर्जेन्टिना टिमका कप्तान र विश्वका दिग्गज फुटबलर लियोनेल मेस्सीको उत्कृष्ट खेलका प्रशंसक यतिबेला भरपुर आनन्द लिइरहेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिना टिम फिफा विश्व कप २०२२ को फाइनलमा पुगेको छ ।


३५ वर्षका मेस्सीले यो उनको अन्तिम विश्व कप हुने घोषणा गरिसकेका छन् । यस्तोमा उनी आफ्नो टिमले तेस्रो पटक उपाधि जितोस् भन्ने चाहना व्यक्त गरेका छन् । मेस्सीले आफ्नो उत्कृष्ट प्रदर्शनसँगै हालसम्म प्रतियोगितामा ५ गोल हानेका छन् ।

विश्व कपमा गोल्डेन बुटको दौडमा बलियो दाबेदार मेस्सी मैदानभन्दा बाहिर निकै विलासी जीवन बाँच्छन् । मेस्सीसँग विश्वभरी २३ मिलियन पाउन्ड (३ अर्ब रुपैयाँ) मूल्यको आलिशान बंगला छ ।


गोल डट कमका अनुसार मेस्सीको कूल सम्पत्ति ४०० मिलियन डलर (५२ अर्ब रुपैयाँ) छ । फोर्ब्सको सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा छन् । उनको कमाई १३० मिलियन डलर (१७ अर्ब रुपैयाँ) छ ।

मेस्सीसँग विश्वभरीका चार स्थानमा आलिशान बंगला छ । सबैभन्दा महँगो बंगला स्पेन नजिकै इबिजा आइल्याण्डमा छ । यसको मूल्य ९.५ मिलियन पाउन्ड (१ अर्ब ५३ करोड रुपैयाँ) हो । मेस्सीले हालका लागि यसलाई छुट्टी मनाउनका लागि गर्ने गर्छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने यो बंगला अहिले नै बस्न लायक भइसकेको छैन ।

मेस्सीसँग ५.५ मिलियन पाउन्ड (८८ करोड रुपैयाँ) मूल्यको एउटा बंगला बार्सिलोनामा पनि छ । यो निकै शानदार स्थानमा अवस्थित छ जो क्याम्प नाउ स्टेडियमभन्दा १२ किलोमिटर टाढा मात्रै छ । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजो र उनका तीन सन्तानलाई पनि यो भवन असाध्यै मनपर्छ । यसमा एउटा सानो फुटबल पिच, एउटा स्विमिङ पुल, एक इनडोर जिम र एक खेल मैदान पनि छ ।

अमेरिकाको मियामीमा पनि मेस्सीले एउटा अपार्टमेन्ट किनेका छन् जसको मूल्य ५ मिलियन पाउन्ड ( ८० करोड रुपैयाँ) छ । यो अपार्टमेन्टबाट समुद्रको शानदार दृश्य देखिन्छ । यो अपार्टमेन्टमा चार बेडरुम र चार बाथरुम छन् ।

मेस्सीको आफ्नो देश अर्जेन्टिनामा पनि एउटा बंगला छ । रोसारियोस्थित यो बंगलाको मूल्य ३ मिलियन पाउन्ड (४८ करोड रुपैयाँ) हो । मिडिया रिपोर्टका अनुसार यो घरमा २०–२५ वटा कोठा र एउटा सिनेमा हल पनि छ । एउटा जिम, अन्डर ग्राउन्ड ग्यारेज पनि छ । ग्यारेजमा करिब १५ वटा कार अटाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै