Comments Add Comment

‘डिसेम्बर फल्स’ पल शाहको कथावस्तुमा बनेको फिल्म हो? यस्तो छ आर्यनको जवाफ

चलचित्र डिसेम्बर फल्सको ट्रेलर सार्वजनिक भएको छ। बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरियो।

२ मिनेट २३ सेकेण्डको ट्रेलरमा दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोकालाई चित्रित गरिएको छ।

ट्रेलर रिलिज कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सिनेमा राम्रो बनेकाले सबैले हेरेर साथ दिन आग्रह गरे। दर्शकले आफूलाई जस्तो फिल्ममा देख्न रुचाएका थिए सोही फिल्म बनेको आर्यनको दाबी थियो।

जेलमा रहेका अभिनेता पल शाहको बारेमा चलचित्र बनाइएको हो? भन्दै सञ्चारकर्मीले प्रश्नसमेत गरेका थिए। जवाफमा आर्यनले पल शाहको कथावस्तुलाई फिल्ममा नराखिएको दाबी गरे। फिल्ममा एउटा नर्सको जीवनमा भएका उत्तारचढाव समेटिएको आर्यनले दाबी गरे।

‘पल शाहको कथावस्तुलाई यो सिनेमामा राखिएको छैन, त्यस्तो नसोच्नुहोला। यो अनुमान गलत, हो कथामा यो छैन। एउटा नर्सको लाइफमा भएका उत्तारचढावको बारेमा कथामा छ,’ आर्यनले भने।

कार्यक्रममा कलाकार शिवहरि पौड्यालले भारतीय निर्देशक भएकाले फिल्म राम्रो बनेको बताए। उनले मरमसला पूरा भएको चलचित्रका रुपमा आफूले डिसेम्बर फल्सलाई लिएको बताए।

प्रविण झा निर्देशित सिनेमाको ट्रेलरमा कतैँ खुल्ला र कतै सस्पेन्स छोडिएको छ। पुस १५ गते रिलिज हुने सिनेमामा आर्यनसँगै उपासना सिंह ठकुरी, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरीलगायतका कलाकारहरुको अभिनय छ।

बीपीका खनालको कथा, केदार भुषाल/प्रतिक पौडेलको संवाद तथा पटकथा रहेको सिनेमामा श्री श्रेष्ठको एक्शन, महेश आर गुप्ताको छायांकन, दीपक शर्मा तथा कोसिस क्षेत्री, सुशान्त गौतम, प्रतिक पौडेलको संगीत र वनिष शाहको सम्पादन रहेको छ। रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा राजकुमार भट्टको निर्माण र लक्ष्मण रिजाल तथा अशिम काफ्ले कार्यकारी निर्माता छन्।
Nepal Live

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै