Comments Add Comment

बालुवाटारले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन गृहकार्य गरेपछि खुमलटारमा तरंग

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनेगरि गृहकार्य गरेको कुरा बाहिर आएपछि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) मा तरंग पैदा भएको छ ।

प्रधानमन्त्री देउवाले पूर्व प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी वा सो सरहका व्यक्तिलाई राष्ट्रपति बनाउनेगरि गृहकार्य गरेको कुरा बाहिर आएपछि माओवादी केन्द्रका नेताहरु सशंकित बनेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री देउवाले माओवादी केन्द्रलाई बाहिरै राखेर सरकार बनाउनेगरि गृहकार्य गरेको चर्चा छ । रेशम चौधरी संलग्न रहेको दल नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीलाई उनले प्राथमिकतामा राखेका छन् ।

बरु, राप्रपालाई सरकारमा सहभागी गराउने तर माओवादीलाई सहभागी नगराउने बालुवाटारको तयारी छ । माओवादीले भने गैरराजनीतिक व्यक्तित्वलाई राष्ट्रपति बनाउन नहुने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय माओवादी केन्द्रका नेताहरुले एमालेसँगको सहकार्यको लागि भेटवार्ता बढाएपछि देउवा सशंकित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै