Comments Add Comment

मधेशका दलमध्ये जनमत पार्टी सबैभन्दा लोकप्रिय पार्टी

मधेश प्रदेशमा समानुपातिकतर्फ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई सीके राउतको जनमत पार्टीले उछिनेको छ।

जनमत पार्टीले मधेशमा समानुपातिकतर्फ तीन लाख २९ हजार १७७ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टी (जसपा)ले दुई लाख ९८ हजार ७७४ मत पाएको छ।

प्रत्यक्षतर्फ सप्तरी-२ बाट उम्मेदवारी दिएका जसपा अध्यक्ष यादवलाई जनमत पार्टीका अध्यक्ष राउतले दोब्बरभन्दा बढी मतले पराजित गरेका थिए।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले मधेशमा समानुपातिकतर्फ एक लाख १३ हजार ३६४ मत पाएकाे छ। यो पार्टीले राष्ट्रिय दलको मान्यता नपाउने निश्चितप्रायः भइसकेको छ।

पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले मधेश प्रदेशमा ५० हजार १८८ मत पाएको छ। पूर्व मन्त्री हृदयेश त्रिपाठीको जनप्रगतिशील पार्टीले पाँच हजार ३४०, तराई मधेश लोकतान्त्रिक पार्टीले पाँच हजार ३६७, नेपाल सद्‌भावना पार्टीले चार हजार ८१७ मत प्राप्त गरेका छन्। 

मधेश प्रदेशमा समानुपातिकतर्फ मधेशकेन्द्रित दलले पाएको मतः 
जनमत पार्टी: ३,२९,१७७
जनता समाजवादी पार्टी: २,९८,७७४
लोकतान्त्रिक समाजवादी पार्टी: १,१३,३६४
नेपाल संघीय समाजवादी पार्टी: ५०,१८८
नागरिक उन्मुक्ति पार्टी: ४९,७०५
पिछडावर्ग निषाद दलित जनजाति पार्टी: ७,१०४
बहुजन शक्ति पार्टी: ६,६८६
तराई मधेश लोकतान्त्रिक पार्टी: ५,३६७
जनता प्रगतिशील पार्टी: ५,३४०
नेपाल सद्‌भावना पार्टी: ४,८१७
नेपाली जनता दल: ३,६७९
बहुजन समाज पार्टी: ५४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै