Comments Add Comment

एमाले र माओवादी मिल्दैमा सरकार बन्न सक्दैन ! यस्तो छ अंकगणित

शनिबार अबेरसम्म प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६२ सिटको अन्तिम परिणाम आइसकेको छ । तीन सिटको गणना जारी छ । जहाँ दुई स्थानमा कांग्रेसले एक स्थानमा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् । यही अग्रता अन्तिमसम्म कायम राखे कांग्रेसको सिट ५७ पुग्नेछ भने माओवादीको १८ । यस्तै एमालेले ४४ स्थानमा जित हात पारिसकेको छ । नेकपा एकीकृत समाजवादीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले सात, सात सिट जितेका छन् । यस्तै लोसपाले ४, नागरिक उन्मुक्तिले ३, नेमकिपा र जनमोर्चाले एकएक तथा ५ जना स्वतन्त्र छन् ।

समानुपातिकतर्फको अन्तिम परिणाम आउन बाँकी छ । यद्यपी सातवटा पार्टीले थ्रेसहोल्ड कटाइसकेकाले यी सात पार्टीले पाउने सम्भावित सिट संख्या अनुमान गर्न गाह्रो छैन । समानुपातिकमा सबैभन्दा धेरै सिट पाएको एमालेले कम्तीमा ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १४, राप्रपाले ७, जसपा र जनमतले ४–४ सिट पाउने सम्भावना छ । यद्यपी एक दुई सिट तलमाथि हुनसक्छ ।

यसअनुसार कांग्रेसको जम्मा सिट ८९, एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, राप्रपाको १४, जसपाको ११ र जनमतको ५ सिट हुनेछ ।

एमाले र माओवादीबीच सहकार्य भएमा अहिलेसम्मको परिदृष्यअनुसार यो गठबन्धनमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, जसपाको ११ सिट गरेर १३५ सिट हुने देखिन्छ । सरकार बनाउनका लागि कम्तीमा १३८ सिट हुनुपर्छ । त्यसैले यो गठबन्धनलाई बहुमतका लागि राष्ट्रिय स्वतन्त्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी वा स्वतन्त्र सांसदको समर्थन हु्नुपर्ने देखिन्छ ।

तर, हालको सत्ता गठबन्धनबाट माओवादी केन्द्र बाहिरिए सो गठबन्धन भने निकै कमजोर हुनेदेखिन्छ । किनकी त्यसपछि यो गठबन्धनमा कांग्रेसको ८९, नेकपा एसको १०, लोसपाको ४ र राष्ट्रिय जनमोर्चाको १ सिट मात्र हुने देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेमकिपा कुनै पनि गठबन्धनमा छैनन् । यी पार्टीको पनि भूमिका महत्वपूर्ण हुनेदेखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै