Comments Add Comment

माओवादी:प्रधानमन्त्री पाए काङ्ग्रेससंगै,नपाए एमालेको साथमा प्रधानमन्त्री र बामगठबन्धन

काठमाडौं, १७ मंसिर । नेकपा (माओवादी केन्द्र) ले सरकार गठनमा सबैखाले विकल्प खुला राखेको छ । आज (शनिबार) बसेको पदाधिकारी बैठकमा नयाँ सरकार गठनमा गठबन्धन र एमाले दुवैसँग विकल्प खुला राख्नेबारे छलफल भएको हो ।

बैठकपछि मिडियासँग कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनको लागि आफ्नो पार्टीले सबै विकल्प खुला राखेको सुनाए । उनकाअनुसार आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको समिक्षात्मक धारणा सुनाएका थिए ।

दाहालले गठबन्धनलाई निरन्तरता दिने कुरा राखेका थिए । तर, सरकार गठनको लागि एमालेसँगपनि सहकार्य गर्ने विकल्पलाई खुला राखिएको उनको भनाई छ ।

आजको बैठकमा उपमहासचिव हरिबोल गजुरेलले राखेको पत्रको बारेमा पनि अध्यक्ष दाहालले जवाफ दिएका थिए । गजुरेलले आफूलाई के कति कारणले टिकट नदिईएकोबारे जिज्ञासा राखेर यसअघि नै पत्र लेखेका थिए । यसैगरी उसले आन्तरिक रुपमा सबैभन्दा पहिला प्रधानमन्त्री आफ्नो पार्टी बाट नै पाउनुपर्ने अडान छ।यदि प्रधानमन्त्री पाए काङ्ग्रेससंग नै र प्रधानमन्त्री सुरुको अबस्थामा नपाएमा एमालेसंग पनि सरकारमा जान सक्ने गरि विकल्प खुला राखेपछि एमालेका नेता उत्साहित र काङ्ग्रेसका नेता शसंकित देखिएका छन् ।यसलाई बार्गेनिङ पोइन्टको रुपमा हेरेको काङ्ग्रेसको उच्च स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै