Comments Add Comment

बाबुरामले मन्त्रीबाट हटाएर कारबाही गरेका हरिशरणले किन भेटे रविलाई ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गण्डकीका बर्खास्तीमा परेका मन्त्री हरिशरण आचार्यबिच भेटवार्ता भएको छ ।

गण्डकीका पुर्व उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग भेटेका हुन् ।

आचार्य बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएर प्रदेशको मन्त्री बनेका थिए । बाबुराम भट्टराईले चुनावको समयमा टिकट मागेका उनलाई नदिएर गोरखा २(क) मा फडिन्द्र देवकोटालाई टिकट दिएका थिए ।

यता आचार्यले बागी उम्मेद्वारी दिएर फिर्ता लिएका थिए । उनले गठबन्धनलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीबाट हटाइदिएका थिए । त्यसपछि चुपचाप बसेका उनी अहिले रवि भेट्न पुगेका छन ।उनी स्वतन्त्र पार्टीमा जान खोजेका हुन् कि भन्ने कुरालाई पनि चासोको साथ हेरिएको छ। उनले आज भन्दा एक बर्ष अघिनै हामी संगको भेटमा आफू अब आगामी दिनमा स्वतन्त्र पाराले हर्क साम्पाङ शैलीमा अघि बढ्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै