Comments Add Comment

माओवादीमा आज चुनावी समीक्षा गर्दै,प्रचण्डको राजीनामा माग्ने तयारीमा नेताहरू

नेकपा माओवादी केन्द्रले आज चुनावी समिक्षा बैठक बस्दै छ।निर्वाचनको परिणाम लगभग सबै क्षेत्रको सिद्दिने अबस्थामा छ।

पार्टीले बेहोरेको पराजय,पार्टीले लिएको निति ,चुनावी अन्तरघात,सरकारमा सहभागी कसरी हुने लगायत आगामी कार्ययोजना समेत गरेर सबै बिषयमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् ।

यसैगरी केही माओवादी केन्द्रका नेताले भने हारको परिणाम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै लिन पर्ने र नैतिकताको आधारमा राजीनामा दिएर अब नयाँ नेतृत्वको साथ अगाडी जानपर्ने बिषय समेत उठाउने माओवादी केन्द्रका केही असन्तुष्ट समुहले बताएको छ।

यसैगरी अब बाम गठबन्धनका लागिनै पहल गर्नुपर्ने समेत दवाव दिने उक्त नेताहरूले बताएका छन् ।अब पार्टी र देशको हितलाइ हेरेर प्रचण्डले राजीनामा दिएर सुदृढ माओवादी वनाउदै बामपंथी एक ठाउँमा आउनुपर्ने मत माओवादी भित्र उठेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै