Comments Add Comment

अन्तर्घातको आरोप लागेका गगनलाई स्विकार्न सक्ला गठबन्धनले?

नेपाली काङ्ग्रेसमा आशा लाग्दा एक नेता हुन् गगन थापा। हुन त पछिल्लो समय एमसिसी पास गर्नै पर्ने अडान लिएपछि उनको छवि अझै बिग्रेको छ।तर पनि काठमाडौका जनताले भने उनलाई प्रधानमन्त्री बनाउन जिताएर पठाइसकेका छन् ।उनी काठमाडौ क्षेत्र नम्बर ०४ बाट निर्वाचित भएका हुन् ।

उनको प्रधानमन्त्री बन्ने सपना भने धुमिल हुँदै गएको छ।नेकपा माओवादी केन्द्र निकट स्रोत र नेकपा एस निकट स्रोतका अनुसार उनलाई स्विकार्न नसक्ने अबस्थामा छन् ।उनकै अन्तर्घातका कारण आफ्ना पार्टीले हार ब्यहोर्नु परेको उनिहरुको आरोप छ।घण्टीका उम्मेद्बार भएको ठाउँमा घण्टीलाई भोट हाल्न लगाउने र नभएको ठाउँमा पनि अन्तर्घाट भएको गठबन्धन निकट ब्यक्तिहरु बताउँछन् ।माओवादी केन्द्रले त चुनावी समिक्षा बैठकमै गगन र रविको कनेक्सनले चुनावी परिणाम सोचेअनुसार नभएको निष्कर्ष निकालेको छ।

यसैगरी पार्टी भित्रैका ब्यक्ति माथि समेत अन्तरघात भएको भनेर प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति देउवा समक्षनै उजुरी बुझाइएको समेत छ।आफ्नो भन्दा छुट्टै प्यानललाई समेत हराउन घण्टीमा मतदान गर्न लगाएको उनीहरुको आरोप छ।३ क्षेत्र बाट उनको पार्टीमा उजुरी परिसकेको छ।

देशभरको नतिजा हेर्दा उनको प्रभाव रहेको क्षेत्रमा नै घण्टीमा बढी मत गएको र देउवा पक्षलाइ हराउन समेत गगन-शेखर टिम लागेको देउवा प्यानलकै नेताहरु बताउँछन् ।पार्टी भित्र संसदीय दलको नेता चुनिन पनि नसक्ने अबस्थामा रहेको देउवा समुहको विश्लेषण छ।अर्कातिर गठबन्धनले स्विकार्न नसकिने बताइरहेको अबस्थामा उनी प्रधानमन्त्री बन्ने सम्भावना न्यून हुँदै गएको छ। गगनलाई प्रधानमन्त्री बनाउन भन्दा गठबन्धन नै छोड्न तयार हुने अबस्थामा माओवादीका दोस्रो तहका नेता देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै