Comments Add Comment

जताततै जस लिन खोजेको भन्दै प्रेम बानियाँले गरे रविको विरोध !

कुनै समयका चर्चित पत्रकार प्रेम बानियाँले सांसद रवि लामिछानेलाई ह्याङओभर बाट बाहिर निस्किन आग्रह गरेका छन् ।यसैगरी जताततै जस लिन खोज्दा सबै बिग्रन सक्ने भन्दै सचेत समेत गरेका छन् ।उनले मानोपाथि भन्दा पनि मानक बन्न आग्रह गरेका छन् ।उनले सामाजिक संजालमा लेखेको भनाइ जस्ताकोतस्तै: रबिजी,
अब अलि ‘सिरियस’ हुनेबेला आयो है !! सिंगो युवा पुस्ताको उदय र बिलयसँग तपाईं जोडिनु भएको छ त्यसैले ‘प्लिज’ हिजोको ह्यांगओभरबाट बाहिर आउनुस् । अब तपाईं स्वयम् देशको विशेष ‘कन्टेन्ट’ हो । अब पनि ‘स्टन्ट’ र ‘स्कुप’ खोज्न थाल्नुभयो भने धेरै कुरा बिग्रिन्छ । जुगेडी खोलाको पानी रामनगर पुर्याउन अस्ति भर्खर चुनाव जितेको तपाईंको के योगदान छ त्यो त मलाई थाहा भएन तर यस्ता विषयहरूमा तपाईंले भन्दा पनि अरूहरूले पोष्ट गरिदिएको भए राम्रो हुन्थ्यो ! अनि धेरै तिर ‘जस’ खोज्नुपनि राम्रो होईन । मानक बन्नुस न कि मानोपाथि ! किन यस्तो हल्लाखल्लामै हो के तपाईं? डोजर नहसाउनुस् यसरि ! अब क्रमश सुझावहरू पाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै