Comments Add Comment

भोलि हुने चुनावमा कलममा भोट हालेर नेकपा एसको थ्रेसहोल्ड कटाइदिन आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सहयोग गर्न आह्वान गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शर्माले आफै सकेसम्म ३ प्रतिशत कटाएर राष्ट्रिय पार्टी बनोस् भनेर कामना पनि गरेका छन् ।

यदि त्यसो हुन नसकेमा राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नुपर्ने उनको भनाइ छ । उनले लेखेका छन्, ‘पहिलो कुरा अबको बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौँ, थोरैले अपुग हुन गएमा अव चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिक तर्फ कलम चिन्हमा मतदान गरेर नेकपा एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौँ ।’

नेकपा एकीकृतले अहिलेसम्म २ लाख ८२ हजार ४८६ मत पाएको छ । र उसलाई राष्ट्रिय पार्टी बन्न अझै ३७ हजार ५ सय मत आवश्यक पर्छ । नेकपा एसले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्दा कम्तिमा ३ सिट पाउने र त्यसले अहिलेको सत्ता गठबन्धको बहुमत पुग्ने भएकाले उसको थ्रेसहोल्डलाई चासोका साथ हेरिएको छ ।

दोलखाका १० मतदान केन्द्रमा भोली पुनः निर्वाचन हुँदैछ । त्यसैलाई लक्षित गरेर शर्माले यस्तो विचार राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै