Comments Add Comment

सर्वोच्च अगाडि न्याय माग्दै बिनु

सर्वोच्च अगाडि न्याय माग्दै बिनु
मंसिर १३,

काठमाडौँ — आफूले न्याय नपाएको भन्दै सोलुखुम्बुकी बिनु यादवले सर्वोच्च अदालतको गेटमा रङ फ्याँक्दै विरोध गरेकी छन् । श्रीमान्‌ले आफूमाथि हिंसा गरेको तर त्यसविरुद्ध उजुरी दिँदा पनि आफूले न्याय नपाएको भन्दै यादवले सर्वोच्चको गेट अगाडि रातो रङसहितको पानी फ्याँकेर विरोध जनाएकी हुन् ।

आफूलाई श्रीमान्‌को परिवार नै मिलेर शारीरिक र मानसिक रुपमा हिंसा गरेको भन्दै उनले प्रहरीकहाँ उजुरी दिएकी थिइन् । अहिले उनको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ ।

त्यसअघि रामेछाप जिल्ला अदालतको इजलासमै बिनुले विष पिएर आत्महत्याको प्रयास गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै