Comments Add Comment

सरकार गठनका यस्ता छन सम्भावित परदृष्य!

काठमाडौ ।देशमा चुनाव भए लगत्तै अब सरकार गठनको चर्चा पनि हुन थालेको छ।हालैको गठवन्धन कायम रहेर अन्य पार्टीसँग सरकार बन्ला या वाम गठबन्धनमा जाला भन्ने चर्चा पनि छ।यता राष्ट्रिय स्वतन्त्र पार्टी के गर्ला भन्ने पनि चर्चाको बिषय बनेको छ।

हालकै अवस्थालाई हेर्ने हो भने एमाले ८० र काङ्ग्रेस ८५ सिटको हाराहारीमा अाउने देखिन्छ ।यसैगरी माअोवादी केन्द्रसँग ३०/३२ सिटमा सिमित हुने देखिन्छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले २४/२५ सिट पाउन सक्छ।राप्रपाले १३/१४ सिट पाउने अवस्था छ।
यसैगरी ९/१० सिटमा एकीकृत समाजवादी आउने छ।यता जसपा ४/५ सिट अाउन सक्छ ।लोसपाबाट पनि ३/४ सिट आउउने छ।
नागरिक उन्मुख पार्टी ५ सिटमा अाउने देखिन्छ।जनमोर्चा ,जनमत र ने.म.कि.पा सँग १/१ सिट हुनेछ।
३/४ ठाउँमा स्वतन्त्र आउनेउ छ।सरकार बनाउनको लागि भने १३८ सिट चाहिन्छ।
पहिलो विकल्प छ काङ्ग्रेस ,माअोवादी,ने.कपा.एस ,लोसपा ,जनमोर्चा ,स्वतन्त्र उमेदवार ,जसपा ,नागरिक उन्मुक्ति पार्टी मिलाएर सरकार बनाउने।यो विकल्प पनि सजिलो छैन । अबको साढे दुई बर्ष प्रचण्डले प्रधानमन्त्री पाएमात्र यो विकल्प अघि बढ्न सक्छ।

दोस्रो विकल्प भनेको एमाले ,माअोवादी ,ने.क.पा एस.,जसपा र राप्रपा एक ठाउँमा अाएर सरकार बनाउने ।दुई नम्बरको विकल्प पनि सजिलो भने छैन । राप्रपा कुन रुपमा प्रस्तुत हुन्छ भन्न सकिदैन ।
तेस्रो विकल्प काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउने ।२०६५सालमा पनि यो अभ्यास गरिएको थियो ।यो विकल्प पनि एकले अर्कोलाई स्विकार्न सक्ने स्थिति छैन। तर २०६५ र २०६० मा भने यहि विकल्प अनुसार सरकार बनेको उदाहरण पनि छन्।
अब कुन विकल्पमा सरकार बन्ला भन्ने बारे भने केही दिन पर्खनु पर्नेछ ।
तर संसदमा ९/१० दलहरूको प्रवेश सँगै अन्योलता भने सृजना भएको छ।केपी अोलिले प्रचण्डलाई फोन गरेर मिलेर जान अाग्रह समेत गरेकाले र गठबन्धनमा पनि चुनावी नतिजा बाट निराशजनक भएपछि सरकार गठनको अागामी बाटो कसरी जाला भन्ने बारे अन्योलता नै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment