Comments Add Comment

घण्टी चिन्हमा भोट दिएर बिकल्प खोज्न लमजुङे जनतालाई धर्म केसीको आह्वान

लमजुङ ।लमजुङ बिशेष गरि पर्यटकीय क्षेत्र,हाइड्रोहव र जडिबुटी लगायत क्षेत्रको लागि अतिनै महत्त्वपूर्ण जिल्ला हो।सहि नेतृत्व पाउने हो भने समृद्ध लमजुङ बन्न र परिवर्तन हुन गाह्रो देखिदैन ।

यसैबीच लमजुङमा पनि चुनावी माहोल तातिएको छ ।एकातिर गठबन्धन बाट देब गुरुङ र नेकपा एमालेको तर्फबाट पृथ्वीसुब्बा गुरुङ चुनावी मैदानमा छन् ।यी दुबै केन्द्रीय स्तरमा नै पहुँच राख्न सक्ने नेता हुन् ।देव गुरुङ अघिल्लो पटक पनि यसै क्षेत्र बाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका थिए भने पृथ्वीसुब्बा गुरुङ प्रदेश सभामा। यो पटक भने पृथ्वीसुब्बा गुरुङ र देव गुरुङ दुबै प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्दै छन् ।यसैबीच पृथ्वीसुब्बा गुरुङ र देव गुरुङ संग चुनावी प्रतिस्पर्धा गर्दै छन् राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता धर्म केसी ।

जनताको बीचमा घण्टी र धर्म केसीको चर्चा पनि चुलिएको छ। ठुला पार्टीका नेताले नजरअन्दाज गरेजस्तै उनी नजरअन्दाजको पात्रको रुपमा नरहने देखिएको छ।आम नागरिक बीच हामीले केही प्रतिक्रिया लिने कोशिश गरेका थियौँ ।सहरी क्षेत्रमा उनको प्रभाव उल्लेखनीय देखिएको छ।यसैगरी गाउँमा समेत आम नागरिक हरु अब युवा चाहिने बताइरहेका छन् ।

काठमाडौमा बालेन र धरानमा हर्क आउँदा जति नागरिक उत्साहित छन् अब सबै जिल्लाका जनताले मत परिवर्तन गर्नुपर्ने बताइरहेका छन् । हामीले लिएको प्रतिक्रियाको सारांश यस्तो थियो,`हामीले पुराना पार्टीका पुराना कपाल फुलेका नेतालाई कति पटक भोट हालेपछि यो देश बन्छ?हिजो यहि क्षेत्रमा हामीले धेरैपटक धेरैलाई जिताएर पठाएका छौँ ।अब युवा चाहिन्छ ।अब त पार्टी होईन ।मेरा छोराछोरी आज बिदेशमा छन् ।कति दिन मेरो पार्टी भनेर भोट हालेर हामी बेचिने?पुराना पार्टीका युवा दास मानसिकता बाट ग्रसित छन् ।यी बाट अब परिवर्तन सम्भव छैन ।´

सहरी र गाउँ दुबै क्षेत्रमा उनलाई भोट हाल्नुपर्छ भन्ने युवाहरुको जमात बढिरहेको छ।बिदेशमा बस्ने छोराछोरीहरुले समेत यो पटक घण्टीमै भोट हाल्न आग्रह गरेका छन् ।यसैबीच धर्म केसीलाई हामीले केही प्रश्न हरु गरेका थियौ ।हाम्रो पहिलो प्रश्न थियो,`तपाईंलाई भोट किन हाल्ने?सबै तपाईका पार्टीका युवा सहि अरु पार्टीका युवा गलत भन्ने हुन्छ र?´ यसको जवाफ उनले यसरी दिए,`त्यसरी मात्र मैले हेरेको छैन ।त्यसरी मात्र हेरेर अघि बढे म गलत हुन पुग्छु।हामीले शेरबहादुर देउवा ,प्रचण्ड ,केपि ओलि गलत हुन् भन्दैनौ ।हामी यति भन्छौं तपाईंहरुले गर्ने काम यो देशका लागि गरिसक्नु भयो।अब जे गर्न खोजिरहनु भएको छ।त्यो तपाईंले गर्न सक्ने स्थिति देखिएन।तपाईंहरु कमिसनको चकरमा डुब्नु भयो। आज युवा बिदेशमा बेचिने ,पार्टीका कार्यकर्ता दास बनेर सोचिदिने र गलतलाई गलत भन्न नसक्ने अबस्थामा देश पुग्यो।बिकासको योजना केही पनि नआउने भैसक्यो।´

तपाईंले जित्ने आधार केके हुन भन्ने प्रश्नमा उनी भन्छन् ,`लमजुङको जनताले विकल्प खोजेको स्पष्ट छ ।उहाँहरु ठुला भनिएका पार्टीको भ्रममा पर्नुहुन्न भन्ने कुरामा म ढुक्क पनि छु।आज बिदेशमा भएका नेपाली हरु फोन गरेर भनिरहनु भएको छ। मेरो परिवारको भोट तपाईंलाई भनेर ।र अर्को कुरा के पनि हो भने आज मसंग प्रतिस्पर्धामा हुनु भएका ठुला पार्टीका नेताहरुले कति पटक अवसर पाएपछि लमजुङको मुहार फेरिने हो? उहाँहरुले त जितेर जानुभएको नै हो ।त्यसपछि परिवर्तन भयो चाहिँ के?´

उनी सुन्दरबजार नगरपालिका स्थित वडा न ०६ का खत्रीठाटीका स्थायी बासिन्दा हुन् ।उनी दक्षिण कोरियाको आजु बिश्वबिद्धालय बाट बाताबरण इन्जिनियरिङमा पुर्ण छात्रवृत्ति प्राप्त गरि स्नातकोत्तर गरेका हुन् ।बिश्वका ४० देशमा उनले बाताबरण सम्बन्धमा काम गरिसकेका छन् ।उनी अमेरिकाको प्रख्यात बिश्वबिद्धालय बाट उनले गरेको नयाँ प्रबिधिको लागि पुरष्कृत समेत भएका थिए।उनी संग बिकास गर्न सक्ने खुवी प्रष्ट देखिन्छ।

तपाईंले जितेपछि के गर्ने भन्ने प्रश्नमा उनी उत्साहित हुँदै भन्छन् ,`मैले HEART भन्ने योजना ल्याएको छु।मानव संसाधन,उर्जामा आत्मनिर्भरता,आधुनिक /बैज्ञानिक कृषि र पर्यटकीय र धार्मिक पर्यटन ।लमजुङको लागी यो गेम चेन्जरको रुपमा रहने प्रष्ट छ।यो धेरै बिज्ञ र धेरै अनुसन्धान बाट ल्याइएको योजना हुन् ।मानव संसाधन भित्र बाटो,स्वास्थ्य ,खानेपानी ,बिश्वबिद्धालय जस्ता क्षेत्रहरु समेत हामीले समाबेश गरेका छौँ ।हामीसंग सहि र मैले गरेको वाचा अबको पाँच बर्ष भित्र गर्न सक्ने गरि हामीले तयार पारेका छौँ ।यो घोषणापत्र मात्र होइन।लमजुङका जनता र लमजुङ जिल्लाको कर्म र भाग्य पत्र पनि हो।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै