Comments Add Comment

लमजुङ बदल्ने सपना बोकेका देव गुरुङ्ग !

लमजुङ । प्रतिनिधि सभा लमजुङ चुनाबी प्रतिष्पर्धामा होमिएका छन् देव गुरुङ्ग। नेकपा माओवादी केन्द्रको महासचिव बनेपछि राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा नै उनको महत्व बढेको छ । उनी आफ्नो चुनावी क्षेत्र लमजुङको घर दैलो कार्यक्रममा व्यस्त छन् ।

उनका मुख्य प्रतिष्पर्धी हुन ने.क.पा. एमालेका – उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । यसैगरी राप्रपाबाट तत् बहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्म केसी उठेका छन् ।सगरमाथा दैनिक टिमले बुधाबार विहान उनको घरदैलो कार्यक्रमलाई ५ घण्टा पछ्‌याएको थियो । जब उनी मत माग्न हिडे हामी पछि पछि लाग्यौ। देव गुरुङसँग थिए प्रदेशसभा ‘ख’का उमेदवार भेषबहादुर पौडेल उनी नेपाली काङ्ग्रेस बाट गठबन्धनको उम्मेद‌वार बनेका छन् ।
एक आपसमा सद्भाव र एकता बाँड्‌दै संगै हिडिरहेका थिए काँ‌ग्रेस ,माओवादी , नेकपा(एस) र नेपाल समाजवादी पार्टीका नेता कार्यकर्ताहरु।

जनता उनीसँग प्रश्न गरिरहेका थिए` हिजो यही जिल्लाबाट प्रतिनिधिसभा सांसद बन्नुभयो आज पनि आउनुभएको छ। एउटा नेतालाई हामी १० बर्ष अाफ्नो जिल्ला सुम्पिदै छौं। पश्चताप त हुने होइन ? यसको जवाफमा उनी भनिरहेका थिए ` मैले के कति काम गरे । त्यो तपाईहरुलाई नै थाहा छ मिडिया प्रचारवादी मा लागिन धेरै विकासका कामहरू भएका छन् केहि निर्माणधीन चरणमा छन्।सरकारी बजेटको कुनैपनि ठाउँमा दुरुपयोग गरेको छैन। लमजुङलाई निराश बनाउने छैन´


हामीले अन्य मतदातासंग पनि प्रतिक्रिया लिन थाल्यौ।मतदाताहरु उत्साहित देखिन्थे उनीहरु भनिरहेका थिए,` एउटा शक्तिशाली पार्टीको शक्तिशाली उम्मेदवार हामीले पाएका छौं । यो पटक भोट हाल्छौं । पक्कै पनि भोली शक्तिशाली मन्त्रालय सहित लम्जुङ्गको बिकासमा काम गर्नु हुन्छ भनेर तर जितेर गएपछि
काम भएन भने उनले बुझे हुन्छ । उनको राजनितिमा भविष्य पनि छैन भनेर र लमजुङ नआएपनि हुन्छ ।´

यही चुनावी माहोलमा नै रमाइलो घटना पनि देखियो। ने.क.पा एमालेका एक कार्यकर्ता उनीसँग हात मिलाएर अगंमाल गरे। हामीले माओवादी केन्द्रका देव गुरुङसंग बुझ्न खोज्यौं । उनले गाह्रो मान्दै भने, ‘ उनी एमालेमा धेरै समय लगानी गरेका छन् तर पार्टीले अपनाएको पद्धति, नेतृत्व प्रति सन्तुष्ट छैनन । यो पटक उनी मत परिवर्तन गर्ने अवस्थामा पुगेका छन । ´ हामीले तिनै एमाले कार्यकतासँग पनि प्रतिक्रिया लिने कोशिस गर्‍यौ । उनले आफ्नो परिचय नखुलाउने सर्तमा भने,`एउटा पार्टीको महासचिव राष्ट्रवादी छवि भएका नेता, गलत कार्य र दाग नलागेका उम्मेद‌वार कोहि पाएको छ भने लम्जुङले उनै पाएको छ ।भोली सरकारमा शक्तिशाली मन्त्री बनेर हाक्न सक्ने मान्छे।´ उनले यति भन्दै आफ्नो भनाइ रोके।हामीले फेरि उनलाई प्रतिप्रश्नको रुपमा सोध्यौ,`यो त गलत हुँदैन त ? ´उनले हास्दै भने ,`हिजो पनि देव गुरुङलाई भोट हालेकै हौँ ।के का लागि आपत्ति ?राष्ट्रिय राजनिति, संसद र सडकमा बोलिएका शब्द आज पनि सुन्दै गर्दा कसैमा राष्ट्रियता देखिन्छ भने देव गुरुङमा नै हो´

देव गुरुङको गलामा माला र निधारमा टिका एकपछि एक गर्दै थपिरहेको थियो र उनलाई भेट्न र स्वागत गर्न आतुर थिए जनता ।

हामीले देव गुरुङ संग केहि प्रतिक्रिया लिन खोज्यौ र प्रश्न गर्यौ,`तपाईंलै टुरिस्ट नेता भन्छन नि ´। उनले हाँस्दै उत्तर दिए,`मेरो नागरिकता लम्जुङ‌को छ । अघिल्लो पटक तिनै साथी हरुले मलाई भोट हाले अहिले जब नागरिकता लम्जुङको छ।अहिले उनीहरुनै टुरिष्ट नेताको उपमा दिदै छन् ।बिकासको कामको खाका नभएकाहरुले गर्ने चुनावी प्रचारप्रसार यस्तै हो।उनीहरु माथिनै ठडिएको नैतिक प्रश्न पनि हो यो।´

हामीले थप्यौ,`तपाईंकै प्रतिष्पर्धीहरु काम केही भएको छैन यो पाँच बर्षमा भनेर बताइरहेका छन् नि।के भन्न चाहानुहुन्छ?´

उनि अल्लि झोक्किएको झै गर्दै भने,` गर्यो गरेन आम
जनतालाई थाहा छ । काम गरेन भन्ने साथीहरू खुल्ला बहसमा आउनुपर्छ।जो ऋषि धमला बहस लिन आँउदै गर्दा र अन्य मिडियाले बहसमा आउन आग्रह गर्दा भाग्नेहरु बहस गर्न
नसक्नेहरु मैले गरेका बिकासको काम मैले गरेको भन्दै हिड्न पर्ने अबस्थामा भएका साथीहरूको कुरा गरेर सकिदैन ।´

तपाईंलाई नै भोट हाल्नुपर्ने कारण चाहिँ के भन्ने प्रश्नमा ऊनी भन्छन् ,`म यो क्षेत्र बाट सांसद भएर बिकास गर्न चाहान्छु।अधुरो कामहरू पूरा गर्नुछ।हाम्रो जस्तो देशमा सांसद मात्र हुँदा मन्त्री मन्त्रीको घरमा गएर बजेट माग्नुपर्ने अबस्था पनि छ। यो पटक म बजेटको लागि लमजुङका जनता र सांसद अरु नेता र मन्त्रीको घरमा गएर धर्ना दिनुपर्ने अबस्थाको अन्त्य गर्छु।जब म संसद भए लमजुङ बाट अन्य बेलामा लमजुङमा पर्ने बजेट र म सांसद भएपछी लमजुङमा पर्ने बजेटमा अत्यन्त सुधार भएको छ। अझ यसलाई थप सुधार र दुरुपयोग हुन नदिने कुरामा म प्रतिबद्ध छु।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै