Comments Add Comment

ह!त्या गरेको आरोपमा पुष्पकमल दाहाल विरुद्ध किटानी जाहेरी

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध ह!त्या गरेको आरोपमा प्रहरीमा किटानी जाहेरी परेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका दाहाल विरुद्ध द्वन्द्व पीडित ज्ञानेन्द्रराज आरणले जाहेरी दिनुभएको हो । आफ्ना पिता टिकाराज २०५७ फागुन १६ गते रामेछापको साविक पुरानागाउँ–५ (हाल मन्थली नगरपालिका ९)मा साँझ ७ बजे माओवादीले गो!ली हानेर ह!त्या गरेको भन्दै दाहाल विरुद्ध प्रहरी प्रधान कार्यालय, नक्सालमा जाहेरी परेको हो ।

द्वन्द्वकालमा नेकपा (माओवादी)द्वारा अपहरण गरी यातना दिंदै गोली प्रहार गरी म जाहेरवालाको पिताजी टिकाराज आरणको हत्या भएको र जिल्ला प्रहरी कार्यालय रामेछापले पनि घटनाको अभिलेख राखी पीडित पक्ष र साक्षीसँग बयान लिएको जाहेरीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै