Comments Add Comment

लमजुङको समृद्धि र स्थायित्वको लागि एक भएर आएका छौ:भेषबहादुर पौडेल

नेपाली काङ्ग्रेसका पुर्व लमजुङ जिल्ला सभापति तथा बाम लोकतान्त्रिक गठबन्धन बाट लमजुङ प्रदेश `ख ´का उम्मेद्बार भेषबहादुर पौडेलले समृद्ध लमजुङ बनाउन र शक्तिलाई एकीकृत गरेर स्थायित्व दिन गठबन्धनको साथ एक भएर आएको बताएका छन् ।आज सुन्दरबजार नगरपालिका वडा न.०१,वडा न ०२,वडा न.१० मा भएको बाम-लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यसैगरी बिकासको पुर्वाधार र सामाजिक परिवर्तन र संबिधान जोगाउनको लागि गठबन्धन एकभएर जानुको बिकल्प नरेहेको समेत पौडेलको तर्क छ।उनले भने,`संसद विघटन गरेर बिकासको गतिनै रोक्न खोज्ने विरुद्ध एक भएर आएका छौँ ।´

यसैगरी लमजुङको बिकासको लागि हाइड्रो नै सबैभन्दा बढी महत्त्वपूर्ण रहेको र आफुहरु त्यही अनुसार योजना समेत बनाएको बताए।उनले भने,`लमजुङमा हाइड्रो को क्षमता २५०० मेगावाट छ। त्यो लमजुङ आफैले उत्पादन गर्न सक्छ।हामीले यो उत्पादन मात्र गरेर अघि बढ्यो भने हाम्रा यी कच्ची सडक पिच हुन्छन् ।कृषि उत्पादनमा नयाँ क्रान्ति हुन्छ।लमजुङ अध्यारोमा पर्दैन ।समृद्धि खोज्न अन्त भौतारिन नै पर्दैन ।
यसैगरी पर्यटक नगरीको रुपमा पनि लमजुङको बिकास गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गरे। ट्रेकिङको अचुक सम्भावना बोकेको र विभिन्न धार्मिक क्षेत्र लाई समेत ब्रान्डिङ गरेर नयाँ तरिकाले योजना बनाउने उनको भनाइ छ।यति गरे युवा बेरोजगार बस्न नपर्ने कुरामा उनको जोड थियो ।
उनले भने,`यसैगरी इतिहासले न हामीलाई हिजो हार्न दियो न आज दिनेछ न भोलि दिनेछ।हाम्रो सानो गल्तीले देश संकटमा फस्न सक्छ त्यसैगरी तपाईहरुको सानो गल्तीले पनि देश संकटमा फस्न सक्छ त्यसैले बिबेक पुर्याएर हामीले मतदान गर्नुपर्छ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै