Comments Add Comment

यो चुनाव मात्र होईन ,चुनावको नाममा जनमत संग्रह पनि हो:महासचिव देब गुरुङ

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव तथा बाम लोकतान्त्रिक गठबन्धन बाट लमजुङका उम्मेद्बार देव गुरुङले यो चुनाव सामान्य चुनाव मात्र नभइ जनमत संग्रह जस्तै भएको बताएका छन् ।परिवर्तन चाहने र देशमा अस्थिरता सिर्जना गर्दै प्रतिक्रान्ति गर्न खोज्नेहरु बीचको जनमत संग्रह भएको बताए।

पटकपटक संसद विघटन र त्यसपछि पनि ९ महिना सम्म संसद अवरोध गरेर देशलाई नेकपा एमालेले अस्थिरतामा लान हरसम्भव प्रयास गरेको बताएका छन् । लमजुङको सुन्ददबजार नगरपालिकाको वडा न.०१,वडा न ०२ र वडा न.१० मा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सामान्त गोयल जस्ता भारतीय खुवीया एजेन्सीका मतियारहरुलाइ बालुवाटारमा जब मध्यरातमा भेट्न बोलाउन थालियो तब नै देश गम्भीर संकटमा परेको समेत देब गुरुङले खुलासा गरे।

` मुलुकमा भएको परिवर्तन र राष्ट्रियतालाई जोगाउदै स्थिरता सिर्जना गरि समृद्धिको यात्राको लागि बामलोकतान्त्रिक गठबन्धन गरेका छौँ । सहकार्य बाट नै देशमा परिवर्तन आएको छ। बि.स २००७ मा राणाशासन फाल्न होस् या ४६ सालमा पन्चायत बाट देशलाई बहुदलीयमा लान होस् या ६२-६३ को जनआन्दोलन नै किन नहोस् यी सबै परिवर्तन बाम लोकतान्त्रिक गठबन्धन बाट नै सम्भव भएको हो´उनले भने ।

यसैगरी उनले नेकपा एमाले प्रति लक्षित गर्दै भने,`संकीर्ण सोच बोकेर हिड्ने र एकले अर्कालाई निशेध गर्ने एकले अर्काको अस्तित्व नै स्वीकार नगर्नेहरुको चेतना अझै पनि त्यस्तै छ । अर्काको अस्तित्वलाई नै ब्य्वास्था गर्ने र यो ब्यबस्था नै सिद्दाउने खेलमा केहि तत्व छन् । तसर्थ गठबन्धन निरन्तर कायम रहनेछ।अस्थिरता चाहने विरुद्ध हामी लड्छौ।अस्थिरता सिर्जना गर्ने बित्तिकै अराजकता बढ्छ अनि बिकासको काम रोकिन पुग्छ। प्रतिक्रान्तिको बाट मुलुक बचेको छ तर चुनौती सिद्दिएको छैन ।उनीहरुमा आत्ममुल्यांकन समेत भएको छैन ।
´

यसैगरी भोलिका दिनमा पनि गठबन्धनको सरकारले नै स्थिरता सिर्जना गर्ने उनको दावी थियो।लमजुङको बिकासको लागि पनि बजेट अभाव हुन नदिने पनि देव गुरुङले बताए ।

उनले भने,`गण्डकी प्रदेशकै उर्बर भुमि लमजुङसंगै छ। हाइड्रोजोनको रुपमा लमजुङ छ।हाइड्रो उत्पादन संगै त्यसलाई कृषि उत्पादनमा जोड्दै कृषिलाई सहकारी प्रणालीमा जोडेर उत्पादन बढाउन सकिन्छ ।बजारको लागी हामी संग यातायात प्रणालीहरु जोडिरहेका छन् ।चितवन देखि लमजुङ हुँदै मनाङ जोड्ने बाटोको योजना बन्दै छ।यसैगरी मध्यपहाडी लोकमार्गको काम अगाडी बढिसकेको छ।मर्स्याङदी करिडोर ,मिदिम करिडोर ,चेपे करिडोर लगायत सबै करिडोरले पनि सबैमा पहुँच पुग्ने छ।हजारौं युवा लमजुङका बिदेशीएका छन् ।देश भित्रै अझ लमजुङ भित्रै रोजगारी दिन आर्थिक क्रियाकलाप बढाउन घरेलु उद्योग, कृषि उद्योग तथा हाइड्रोपावर उत्पादन नै बामलोकतान्त्रिक गठबन्धनको उम्मेद्बारको मुख्य फोकस हो।´

हाडेटार सिचाइ योजनामा रहेको समस्या देखि खत्रिठाटी लेखपानी हुँदै सातधारे सम्म जाने बाटोको अब स्तरोन्नति मात्र नभइ रणनीतिक सडकको रुपमा बिकास गर्ने पनि उनले बताए । उनले भने,`अहिलेसम्म स्तरोन्नति गर्ने तरिकाले मात्र बजेट पर्यो अब भने कालो पत्रे गर्दै रणनीतिक सडकमा रुपान्तरण गर्न प्रतिबद्ध छु ।लेखपानी पहिरोको समस्यालाई पनि सम्बोधन गर्न प्रतिबद्ध छु।यसैगरी हिजोको राजधानीको रुपमा रहेको कुन्छा महत्त्वपूर्ण केन्द्र हो ।खानेपानीको लागि पनि आफ्नो पालामा पर्याप्त बजेट आएको छ ।आफुले पारेका योजना र गरेका कामहरु केही दिनमा नै तपाईंहरुको हातमा पुर्याउने छु।काम नगरेको भए लमजुङको माया नभएको भए फेरि लमजुङ आउने थिइन।´

यसैगरी प्रस्ताव तयार गरेर प्रक्रिया अगाडि बढाएर योजना लिएर आए राज्यको स्रोत र साधनले भ्याउने र आफू हरतरह बाट त्यो योजना सफल बनाएरै छोड्ने समेत देब गुरुङले बताए।नेपाली काङ्ग्रेस ,नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीले सयुक्त रुपमा अगुवा कार्यकर्ता भेला गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै