Comments Add Comment

प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने

काठमाण्डाै – रौतहटमा स्वतन्त्र उम्मेदवारी दिएका एमालेका नेता प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।

नेकपा एमालेले जनता समाजवादी पार्टीसँग तालमेल गरेपछि रुष्ट भएका साहले रौतहत–३ मा र मधेसका विभिन्न क्षेत्रमा आफ्नो टिमसहित नै स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

सत्ता गठबन्धनले रौतहत–३ मा माओवादीका धिरज पटेललाई उम्मेदवार बनाएको छ । तर अब प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो । माओवादीका पटेलको उम्मेदवारी फिर्ता नभए पनि अब निष्क्रिय जस्तै हुने पुनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै