Comments Add Comment

सिभिल अस्पतालकी २७ वर्षीया डाक्टर सुस्मिताले गरिन् आत्मह!त्या

काठमाडौं : सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक इमाडोलस्थित आफ्नै कोठामा मृ!त भेटिएकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी मनोजकुमार लामाका अनुसार मंगलबार दिउँसो २ बजे उनी मृ!त फेला परेकी हुन्।

जलेश्वर नपा-९ महोत्तरी स्थायी घर भई हालः ललितपुरको इमाडोलमा रहेको कृष्ण सुवेदीको घरमा भाडामा बस्ने २७ वर्षीया डाक्टर पाठक आफू बस्ने गरेको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा मृ!त फेला परेकी थिइन्।

दिउँसो २ बजेसम्म पनि डाक्टर पाठक बस्ने कोठाभित्रबाट बन्द भएपछि घरबेटीले प्रहरी बृत सातदोबाटोमा खबर गरेका थिए। सातदोबाटो र इमाडोलबाट प्रहरी टोली गई स्थानीय जनप्रतिनिधि र डाक्टर पाठकको आफन्तको रोहवरमा बन्द कोठा फोडेर हेर्दा पाठक कोठाको भुइँमा मृ!त अवस्थामा फेला परेकी थिइन्। प्रहरी स्रोतक अनुसार मृ!तकको कोठाबाट ‘सुसाइट नोट’ फेला परेको छ।

कोठाको खाटमा औषधि भरिएको सिरिन्ज, उपचारको क्रममा प्रयोग हुने औषधिका खाली बट्टाहरु, दायाँ हातको हत्केलामा खाली सिरिन्ज र बायाँ हातमा क्यानोन लगाएको अवस्थामा उनको मृ!त शरीर भेटिएको थियो।

अविवाहित डाक्टर पाठक केही महिनाअघिबाट सुवेदीको घरमा बस्न थालेकी थिइन्। उनका आफन्त गाउँमै बस्ने गरेका थिए। मृतक पाठकको शव पोष्टमा!र्टमको लागि जिल्ला अस्पताल पाटनमा लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै