Comments Add Comment

कमल थापाले भने– म पनि एमाले परिवारको सदस्य भएँ

एमालेबाट उम्मेदवारी दिएका कमल थापाले आफू एमाले जस्तो ठूलो पार्टीको परिवारिक सदस्य भएको बताएका छन् ।

राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापाले सोमबार हेटौँडा ४ स्थित एमाले मकवानपुरको पार्टी कार्यालयमा पहिलोपटक औपचारिक मन्तव्य राख्दै एमाले परिवारको सदस्य हुन पाउँदा गर्व महशुस गरेको बताए ।

एमालेको सूर्य चिह्नबाट चुनाव लड्न पाउनु आफ्नाा लागि सौभाग्य भएको थापाले बताएका छन् । उनले एमाले मुल राष्ट्रवादी पार्टी भएको भन्दै निर्वाचनमा एमाले रोज्नुको पछाडि राप्रपा नेपाल पनि राष्ट्रवादी पार्टी भएको दाबी गरे । करिब आधा घण्टा बोलेका थापाले अधिकांश समय एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरे ।

मकवानपुर१ बाट आफ्नो उम्मेदवारी रहँदा एमालेका पुराना नेता रामेश्वर राना पछाडि हट्नु परेको विषय कोट्याउँदै थापाले आफ्नो अन्तिम निर्वाचनमा सहयोग गर्न अपिल गरे । आफूले रानाको भाग नखोसेको थापाको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै