Comments Add Comment

देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकाल चुनाव जित्न दुई दिन निराहार व्रत बस्दै

स्वतन्त्र उम्मेदवार सागर ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनका साझा उम्मेदवार देउवाविरुद्ध ढकालले आइतवार उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि ढकालले अब २ दिन देशका लागि निराहार व्रत बस्ने बताए ।

‘बिहान उठेर नुहाएर जपपाठ गरेर आएर उम्मेदवारी दर्ता गराएँ । अबको दुई दिन देशका लागि निराहार व्रत बस्छु,’ ढकालले भने ।

बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई कडा प्रश्न सोधेर चर्चामा आएका ढकाल देउवाविरुद्ध उम्मेदवारी दिनकै लागि डडेल्धुरा पुगेका हुन् ।

त्यतिबेला ‘तपाईं बड्दा बोल्दै हुनुहुन्छ’ भनेर देउवाले ढकाललाई थर्काएको भिडियो क्लिप भाइरल नै बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै