Comments Add Comment

गठबन्धन एकजुट छ,लमजुङ बिकासको लागि प्रतिबद्ध छौ:लमजुङ गठबन्धन उम्मेद्बार

लमजुङ ,लमजुङमा यसपटक चुनावी सरगर्मी अरु जिल्लामा भन्दा पनि बढी देखिएको छ।ह्याभी वेट मानिएका नेताहरू एकआपसमा भिड्दै छन् ।यसैबीच प्रतिनिधि सभामा गठबन्धनको तर्फबाट उम्मेद्बारी दिएका माओवादी केन्द्रका महासचिव देब गुरुङले जनताको चाहना र मायाकै कारणले र आफुले देखेका बिकासका योजनालाई पुर्ण गर्न लमजुङ बाट उम्मेद्बारी दिएको बताएका छन् ।सगरमाथा दैनिकसंगको कुराकानीमा उनले भने,`बिकासको लागि लमजुङ रोजेको छु।यो जनताकै चाहना हो।जित सुनश्चित छ।´

यसैगरी गठबन्धन बाट प्रदेशसभा `क´मा उम्मेद्बार दिएका कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले पनि जित सुनश्चित रहेको र गठबन्धन एकजुट रहेको बताएका छन् । उनले भने,`आम नागरिकमा एकप्रकारको उत्साह छ।संसद विघटन गर्ने र हावा गफ दिनेलाई किन जिताउने भन्ने आम नागरिकले बुझिसकेका छन् ।जित्छौ र बिकास पनि गरेर देखाउछौ´

यसैगरी लमजुङ प्रदेश (ख) मा नेपाली काङ्ग्रेस पूर्व जिल्ला सभापति भेषबहादुर पौडेलले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।अहिले गफ गर्न भन्दा पनि आफू काम मार्फत नै जवाफ दिने बताए।उनले भने,`गठबन्धन समयको माग र लोकतन्त्र जोगाउनको लागि गरिएको हो।गठबन्धनमा हामी प्रतिबद्ध छौँ ।हामी माओवादीको उम्मेद्बारमा गर्व गर्छौ।हामी माथि माओवादी,नेसपा,नेकपा एस लगायतका साथीहरुले पनि पुर्ण बिश्वास गर्नुहुन्छ ।बिकास र समृद्ध लमजुङको लागि प्रतिबद्ध छौ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै