Comments Add Comment

लमजुङबाट केन्द्रमा देब गुरुङ,प्रदेशमा डा. टकराज र भेषबहादुर

लमजुङमा प्रतिनिधि सभाका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।लमजुङमा प्रतिनिधि सभाका लागि एक मात्र सिट रहेको छ।

गठबन्धनबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका गुरुङले आइतबार दिउँसो बेँसीसहरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

यसपटक नेपाली कांग्रेस लगायतको गठबन्धनसँग मिलेर चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन्।

त्यस्तै प्रदेशसभा (क) र (ख) का लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।प्रदेश (क) मा कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ र प्रदेश (ख) मा पूर्व जिल्ला सभापति भेषबहादुर पौडेलले संयुक्त रूपमा उम्मेदवारी दिएका छन्। लमजुङमा नेपाली काङ्ग्रेस बलियो पार्टीका रुपमा रहेको र माओवादी, एकीकृत समाजवादी,नेपाल समाजवादी पार्टी ,राष्ट्रिय जनमोर्चा समेत गठबन्धनमा रहदा केन्द्र र प्रदेश सभामा सजिलै जित हासिल गर्न सकिने लमजुङ नेपाली काङ्ग्रेसका नेताहरु बताउँछन् ।

राष्ट्रवादी छवि भएका देब गुरुङ र सांगठनिक र कार्यनीति शैली भएका उमेदवार प्रदेशमा उठेकाले लमजुङको बिकासका लागि राम्रो माहोल बनेको उपस्थित कार्यकर्ताले प्रतिक्रिया दिएका थिए ।उम्मेद्बारी दर्ताको क्रममा गठबन्धन- जिन्दावाद,प्रतिगामी -मुर्दावाद,जातिय राजनिती गर्ने होसियार ,भोट गठबन्धनलाई चोट प्रतिगामीलाई ,गठबन्धन आयो समृद्धि आयो लगायत नाराहरु लगाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै