Comments Add Comment

माओवादी केन्द्रका महासचिव देब गुरुङद्वारा लमजुङबाट उम्मेदवारी दर्ता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङबाट उम्मेदवारी दर्ता गराएका छन्।

गठबन्धनबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका गुरुङले आइतबार दिउँसो बेँसीसहरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

उनी यसअघि ए प्रतिनिधि सभाकै उम्मेदवार बन्दै लमजुङ बाट नै भारी मतले विजयी भएका थिए।

यसपटक नेपाली कांग्रेस लगायतको गठबन्धनसँग मिलेर चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन्।


त्यस्तै प्रदेशसभा (क) र (ख) का लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

प्रदेश (क) मा कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ र प्रदेश (ख) मा पूर्व जिल्ला सभापति भेषबहादुर पौडेलले संयुक्त रूपमा उम्मेदवारी दिएका छन्।गठबन्धन भएको कारणले केन्द्र र प्रदेश सभामा सजिलै जित निकाल्न सकिने र नेकपा एमालेले छरेको भ्रम बाट जनता मुक्त भैसकेको लमजुङ गठबन्धनका नेताहरु बताउँछन् ।यसैगरी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा केन्द्रिय अर्थ बिभाग उपसंयोजक बिमल अधिकारीले पटकपटक प्रतिनिधि सभा विघटन गर्दा मतियार बन्ने र बिकासका योजना भन्दा हावादारी गफ मात्र भएकाहरुलाई अब जनताले भोट नहाल्ने र देब गुरुङ मात्र अहिलेको अबस्थामा लमजुङको विकल्प हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै