Comments Add Comment

रोशनी शाहीद्वारा “बलात्कारीहरु हो,मलाई टिकट देऊ” भन्दै पेरिस डाँडामा बबाल

तत्कालीन सभामुख तथा माओवादी प्रवक्ता कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर जेल पठाएकी रोशनी शाहीले आज माओवादी मुख्यालयमा अरु नेतालाई समेत बात लगाएकी छन् । आगामी निर्वाचनमा टिकटको दावी गर्दै आएकी उनले आफूलाई पुरानो माओवादी भन्दै समानुपातिक टिकटको लागि बबाल मच्चाएकी हुन् ।

के कारण र आधारले म माओवादी कार्यकर्ता होइन ? भन्दै उनी चिच्याइन्, ‘तिमी सबै नेता बलात्कारी हौ । सबका बारे एक एक थाहा छ । दूधले नुहाएका कोही छौ भने हात उठाऊ र मलाई टिकट देऊ । होइन भने तिमीहरु सबैको पोल खोल्छु ।’

उनी चिच्याइन्, ‘तिमी सबै नेता बलात्कारी हौ । सबका बारे एक एक थाहा छ । दूधले नुहाएका कोही छौ भने हात उठाऊ र मलाई टिकट देऊ । होइन भने तिमीहरु सबैको पोल खोल्छु ।’

महरासँग जोडेर आफूलाई निर्वाचनमा टिकट नदिने प्रपञ्च रचिएको रोशनीको आरोप थियो । कतिपय नेताले महराको करोड खाएर होस्टाइल भएको आरोप लगाएको सुनेको भन्दै उनले आरोप पुष्टि गर्न चुनौती दिएकी थिइन् ।

शाहीले बबाल गरेपछि २ बज्ने बस्ने भनिएको पदाधिकारी बैठकको केही समयअघि उनलाई गलहत्याएर गेटबाट निकालिएको छ ।जनआश्था बाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै