Comments Add Comment

‘गठबन्धन भागबण्डाका लागि बैठक बस्दाबस्दा सोफाको खोल नै च्यातिसके’:प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तागठबन्धन भागबण्डाका लागि बैठक बस्दाबस्दा सोफाको खोल नै च्यातिसकेको कटाक्ष गरेका छन् ।

पार्टी मुख्याल च्यासलमा जारी पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै उनले यसतो कटाक्ष गरेका हुन् । अहिलेसम्म ५ वर्षमा को–को पालो गरेर प्रधानमन्त्री बन्ने भन्ने ध्याउन्नमा पाँच दल अड्किएको बताए ।

‘अहिलेसम्म ५ वर्षमा कोको पालो गरेर प्रधानमन्त्री बन्नेमा लागेका छन् । उनीहरूलाई जनताको चिन्ता छैन, अछाममा बाढी आओस्, डेंगु आओस् एकरति आँसु नि झार्दैनन्’, ज्ञवालीले भने ।

यसैगरी को प्रधानमन्त्री बन्ने ,को-को लाई पालो पुर्याउने भनेर अहिलेनै भागवण्डा सुरु भैसकेको हुनाले यो गठबन्धनलाई आगामी निर्वाचनमा हराउनु पर्ने उनको बिचार थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै