Comments Add Comment

बालेन, हर्कहरु विद्रोहका झिल्का हुन्, समयमै सम्बोधन नगरे हामी बढारिन्छौं : बाबुराम भट्टराई

काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा सांसद डा बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ्लाई युवा पुस्ताको विद्रोहको झिल्कोको रुपमा टिप्पणी गरेका छन्।

शनिबार प्रतिनिधि सभाको अन्तिम दिन बिदाइ बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।

‘युवा पुस्तामा यस्तो विद्रोहको लहर आउँदै छ। बालेन–हर्कहरु झिल्को मात्र हो। तर, यसलाई सम्बोधन गर्न सक्नु भएन भने आउँदो निर्वाचनमा सहरी क्षेत्रमा हामी बढारिन्छौं,’ आफू युवाका माझ रहेको भन्दै भट्टराइले भने, ‘मलाई त आत्मविश्वास छैन। म सकेसम्म नवीकरण गर्न प्रयास गरिरहेको छु तर मलाई विश्वास छैन। युवा पुस्तालाई सम्बोधन गर्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै