Comments Add Comment

चितवनका जगन्नाथ पौडेलले भने- ‘यो निर्वाचनमा पनि प्रचण्ड विरुद्ध भुइँकटहर लिएर उठ्छौं’

चितवन — स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको विरोधमा भरतपुर महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका चितवन कांग्रेस नेता जगन्नाथ पौडेल समूहले प्रतिनिधिसभा र प्रदेशसभामा पनि उम्मेदबार उठाउने भएका छन् ।

भरतपुरमा आइतबार पत्रकार सम्मेलन गर्दै नेत पौडेलले भने, ‘हामी चितवनका तमाम कांग्रेस कार्यकर्तालाई कांग्रेसकै पक्षमा उभिन र हँसिया हथौडा चुनाव चिह्नमा भोट नहाली खुला विद्रोह गर्न आह्वान गर्दछौं ।’

कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले माओवादीजस्तो लोकतन्त्र विरोधी पार्टीसँग चुनावी तालमेल गर्नु विचलन भएको उनले बताए । चितवन कांग्रेसले फेरि पनि माओवादीसँग चुनावी तालमेल गर्ने विषयलाई साकार बनाउन लागेको भन्दै पौडेलले चितवनका कांग्रेसहरू सधैं प्रताडित र अपहेलित हुने अवस्था बन्दै गएको बताए । व्यवस्था र प्रणालीभन्दा व्यक्तिलाई केन्द्रमा राखेर गठबन्धन हुने गरेको उनको भनाइ छ ।

‘बहुमत आउन गाह्रो छ भनेर गठबन्धन गर्न खोजिएको छ । पार्टीले आफ्नै बलमा बहुमत ल्याउन प्रयत्न नगरेर व्यक्ति विशेषलाई जिताउन गठबन्धन गर्नु पार्टी हितमा छैन’, पौडेलले भने । भरतपुरमा मेयरमा उठेका पौडेलले १५ हजारको हाराहारीमा मत ल्याएर तेस्रो भएका थिए ।

गठबन्धनबाट चितवन-३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभा सदस्यमा उठ्दैछन् । सो क्षेत्रमा अरू कोही नउठे आफू उठ्ने कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै