Comments Add Comment

असम्बन्धित तस्वीर सामाजिक सञ्जालमा भाइरल, युवतीले दिइन् साइबर ब्यूरोमा उजुरी

क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्का!रको आरोप लगाउने किशोरी भन्दै सामाजिक सञ्जालमा असम्बन्धित तस्वीर भाइरल बनाइएको छ ।

आफ्नो तस्बिर दुरुपयोग गरिएको भन्दै भाइरल भएकी युवतीले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । ब्यूरो स्रोतका अनुसार युवतीले केही दिनअघि निवेदन दिएकी छिन् । उनले सामाजिक सञ्जालमा प्रयोग भइरहेको तस्बिर तथा त्यसमा आएका गालीगलौजको स्क्रिनसटसहित निवेदन दिइएको बुझिएको छ ।

हामी सामाजिक संजाललाई असामाजिक संजाल बनाउन लागीरहेका छौँ ।कुनै पनि फोटो बारे सत्यता थाहा नबुझीकन कसैले चलाएको अनाहक हल्लाको भरमा फोटो सेयर गर्ने गर्छौ ।यो घातक हुनसक्छ ।कुनैपनि जटिल बिषय सेयर गर्दा तथ्य र भरपर्दो स्रोत मात्र खोज्नुपर्छ ।हाम्रो असाबधनी र एकछिनको मनोरंजनले गर्दा कसैको जिन्दगी माथि धोका हुन पुग्छ ।अनाहकमा निर्दोष ब्यक्ति माथि मानसिक र सामाजिक हिंसा हुन जान्छ।त्यसैगरी साइबर क्राइम अन्तर्गत तपाईं पनि कानुनको फन्दामा पर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै